×

NMB BANK
NIC ASIA

नेकपा विभाजन

लेखराजले कित्ता फेर्दा सुदूरपश्चिममा ओलीलाई कति फाइदा ? यस्तो छ कैलालीको अवस्था

माघ ५, २०७७

NTC
Premier Steels

लेखराज भट्ट सुदूरपश्चिम प्रदेशका एक प्रभावशाली नेता हुन् । 

Muktinath Bank

तत्कालीन नेकपा माओवादी केन्द्र (हाल नेकपा ओली समूह) का नेता भट्ट सुदूरपश्चिममा राम्रै प्रभाव भएका नेता मानिन्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०६४ सालको संविधान सभा निर्वाचनमा जीत हात पारेर आफूलाई शान्तिपूर्ण मूलधारको राजनीतिमा स्थापित गरेका भट्टले २०७० को निर्वाचनमा आफ्नो विरासत जोगाउन सकेनन् ।


Advertisment
Nabil box
Kumari

त्यतिबेला कैलाली क्षेत्र नम्बर ५ बाट कांग्रेसका दीर्घराज भाटले भट्टलाई पराजित गरेका थिए । पछि निर्वाचन क्षेत्र घटाउँदा उक्त भू–भाग कैलाली क्षेत्र नम्बर ४ मा पर्न गयो । 

Vianet communication

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा क्षेत्र नम्बर ४ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बने यिनै भट्ट । नेपाली कांग्रेसका सुनिलकुमार भण्डारी उनका मुख्य प्रतिस्पर्धी थिए । भण्डारीले २० हजार ९ सय ६० मत ल्याउँदा ३१ हजार ३ सय ५९ मत ल्याएर भट्ट विजयी बने ।

त्यही जीतले उनको मन्त्री बन्ने यात्रा तय गर्‍यो । हाल भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री छन् ।

कुनै बेला पुष्पकमल दाहाल प्रचण्ड (हाल नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष) का निकटतम् सहयात्री मानिने भट्ट हाल प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट छन् ।

नेकपा विभाजनमा भट्टले कित्ता फेरेका हुन् । त्यसो त मन्त्री बनेदेखि नै प्रचण्डसँग भट्टको खासै निकट सम्बन्ध रहेन ।

जसमा भट्टको एउटा चित्त दुखाइ कारण रहेको उनका निकटस्थहरू बताउँछन्, जुन कुरा तल विस्तृतमा उल्लेख गरिएको छ ।

अब चर्चा गरौं, भट्टले कित्ता फेर्दा प्रचण्डलाई कति घाटा र ओलीलाई कति फाइदा भयो भन्ने विषयमा ।

पहिलो त सुदूरपश्चिमको कम्युनिस्ट राजनीतिमा ओली पक्षमा यो हाइटको नेताको अभाव थियो । प्रदेश कमिटी अध्यक्ष कर्ण थापालगायत नेता ओली पक्षमा भएपनि भीम रावल (माधव नेपाल पक्ष)सँग टक्कर लिने नेताको अभाव ओलीका लागि सधैँ खड्किने अवस्था थियो ।

भट्टको आगमनले ओली खेमाको त्यो अभाव पूर्ति भएको छ । तर प्रश्न अर्को पनि छ, भट्ट आफू मात्र आए कि पूर्व माओवादी खेमाबाट नेता/कार्यकर्ता पनि ल्याउन सफल भए त ?

लेखराजको गृहजिल्ला कैलालीमा को–कता ?

कैलालीमा १३ स्थानीय तह छन् ।

पार्टी एकीकरण गर्दा तत्कालीन एमालेले ७ अध्यक्ष र ६ सचिव तथा माओवादीले ६ अध्यक्ष र ७ सचिव पाएका थिए ।

संख्यात्मक हिसामा पूर्व माओवादीका १३ र पूर्व एमालेका १३ जना नै थिए ।

पूर्व माओवादी खेमाका अध्यक्ष र सचिव गरी १३ जनामध्ये गोदावरी नगरपालिका कमिटी अध्यक्ष गोकर्ण भट्ट, जानकी गाउँपालिका सचिव कृष्ण सोराडी, गौरीगंगा नगरपालिका कमिटी सचिव शान्ति सिंह र चुरे गाउँपालिका सचिव किसानसिंह साउद ओली पक्षमा खुलेका छन् ।

यो संख्या ६ रहेको दाबी भट्ट निकट नेताहरूको छ, तर उनीहरूले दाबी गरेका अन्य २ जना भने खुलेका छैनन् ।

धनगढी उप–महानगरपालिका कमिटी अध्यक्ष सुशीला बुढाथोकी पूर्व एमालेबाट हुन् भने सचिव तिलक सिंह पूर्व माओवादीबाट हुन्, दुवैजना प्रचण्ड–नेपाल पक्षमा छन् । 

गोदावरी नगरपालिकामा अध्यक्ष गोकर्ण भट्ट पूर्व माओवादी हुन् भने सचिव आनन्द भट्ट साबिक एमालेका हुन्, उनीहरू दुवैजना अहिले ओली समूहमा छन् । 

गौरीगंगा नगरपालिकामा अध्यक्ष डिल्लीराम आचार्य साबिक एमाले र सचिव शान्ति सिंह माओवादीबाट हुन अहिले दुवैजना ओली समूहमा छन् । 

घोडाघोडी नगरपालिकामा अध्यक्ष बाधुराम चौधरी एमालेबाट हुन् भने सचिव खगेन्द्र हमाल साबिक माओवादीबाट हुन्, उनीहरूमध्ये अध्यक्ष ओली र सचिव प्रचण्ड–नेपाल पक्षमा छन् ।

लम्किचुहा नगरपालिका अध्यक्ष महेन्द्र ढुंगाना साबिक एमाले र सचिव लालबहादुर कुमाल माओवादीबाट हुन्, त्यहाँ अहिले दुवैजना प्रचण्ड–नेपाल पक्षमा छन् ।

टीकापुर नगरपालिका अध्यक्ष खड्क शाह साबिक माओवादीबाट र सचिव खडक साउद एमाले बाट हुन्, उनीहरू दुवैजना अहिले प्रचण्ड–नेपाल समूहमा छन् ।

यस्तै भजनी नगरपालिका अध्यक्ष छोटेलाल चौधरी साबिक माओवादी र सचिव प्रदीप मल्ल एमालेबाट हुन्, त्यहाँ पनि दुवैजना प्रचण्ड–नेपाल समूहमै छन् ।

बर्दगोरिया गाउँपालिका अध्यक्ष रामबहादुर साउद साबिक माओवादी र सचिव टंकबहादुर ओली एमालेबाट हुन्, अहिले अध्यक्ष प्रचण्ड–नेपाल पक्ष र सचिव ओली पक्षमा छन् ।

जानकी गाउँपालिका अध्यक्ष बप्पन रावत साबिक एमालेबाट र सचिव कृष्ण सोराडी तत्कालीन माओवादीबाट हुन्, दुवै जना त्यहाँ केपी पक्षमा छन् । 

जोशीपुर गाउँपालिका अध्यक्ष ओमराज बिनाडी साबिक एमाले र सचिव राम भरौसे चौधरी माओवादीबाट हुन्, दुवैजना अहिले आफ्नो पक्षमा रहेको ओली समूहको दाबी छ तर, सचिव चौधरी अहिलेसम्म दुवै समूहको भेलामा सहभागी भएका छैनन् ।

कैलारी गाउँपालिकामा अध्यक्ष बतासु चौधरी साबिक माओवादी र सचिव झुमा चौधरी एमालेबाट हुन् । उनीहरूमध्ये अध्यक्ष प्रचण्ड–नेपाल समूहमा छन्, सचिव चौधरी आफ्नो पक्षमा रहेको दाबी ओली समूहको छ । उनी आफू भने अहिलेसम्म कुनै पक्षमा नलागेको बताउँछिन् ।

मोहन्याल गाउँपालिकामा पनि अध्यक्ष देवीदत्त जोशी साबिक माओवादी र सचिव भूमिनन्द जैसी एमालेबाट हुन् । उनीहरूमध्ये पनि अध्यक्ष प्रचण्ड–नेपाल र सचिव ओलीतिर छन् ।

चुरे गाउँपालिका अध्यक्ष दान महरा साबिक एमालेबाट हुन् भने सचिव किसन सिंह साउद माओवादीबाट हुन् ।

अध्यक्ष प्रचण्ड–नेपाल पक्षमै छन्, भने सचिव केपी समूहमा लागेका छन् ।

प्रदेशभर यस्तो 

९ जिल्लामध्ये हालसम्म ओली पक्षका ४ जिल्लामा अध्यक्ष र २ जिल्लामा सचिव रहेका छन् । प्रचण्ड–नेपाल पक्षका भने ५ जिल्लामा अध्यक्ष र ७ जिल्लामा सचिव रहेका छन् ।

अहिले ओली समूहले प्रचण्ड–नेपाल पक्षमा रहेका जिल्लाका पदाधिकारीहरूलाई हटाएर आफू पक्षका व्यक्तिहरूलाई जिम्मेवारी दिइरहेको छ ।

लेखराज किन ओली कित्तामा ? 

कुनै बेला प्रचण्डका निकै निकट मानिने लेखराजले किन कित्ता फेरे त ? उनीमाथि आरोप छ– मन्त्रीको लोभमा साथ छाडेका हुन् ।

तर, निकटस्थहरू पार्टी एकतापछि प्रचण्डले भीम रावललाई बढी महत्त्व दिएका कारण लेखराजको चित्त दुखेको ठान्छन् ।

पार्टीको प्रदेश कमिटी सचिव नेपबहादुर चौधरीले लेखराजले जनतालाई धोका दिएको आरोप लगाए ।

‘प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक हो भन्ने लेखराजको मनमा पनि छ, तर उहाँले व्यक्तिगत स्वार्थका कारण गलतलाई साथ दिइरहनुभएको छ,’ उनले भने, ‘अहिले गलतको पक्षमा वकालत गर्नेहरूको पतन निश्चित छ ।
यसबीचमा सुदूरपश्चिममा ओली समूहको बृहत् सभा आयोजना भयो ।

निकै ठूलो भीड जम्मा भयो । ओली पक्षका एक नेता भट्टकै प्रभावस्वरुप यो ढंगको कार्यक्रम सम्भव भएको दाबी गर्छन् ।

सुदूरपश्चिममा राजनीतिक आयतन विस्तार गर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भट्टले धनगढी उतारेको उनको जिकिर छ ।

ओली पक्षमा खुलेका प्रदेशका भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्रीले बर्खास्त गर्दासम्म कुनै पक्षमा नखुलेका प्रदेशका आर्थिक मामिला मन्त्री झपट बोहराले राजीनामा दिएका छन् ।

पूर्व माओवादी खेमाका बोहराले राजीनामा दिनुमा भट्टकै हात रहेको एक प्रदेश सभा सदस्यले दाबी गरे । ‘सुदूरपश्चिममा लेखराजको प्रभाव बढ्दै गइरहेको छ । प्रदेशका अर्थमन्त्री बोहराले पनि राजीनामा दिनेबित्तिकै ओली कित्तामा रहेको घोषणा गर्नुभएको छ ।’

विघटित प्रतिनिधि सभामा कैलालीबाटै प्रतिनिधित्व गर्ने सांसद गौरीशंकर चौधरी हाल संघीय सरकारको श्रममन्त्री छन् ।

कित्ता फेर्नका लागि चौधरीलाई भट्टले नै मनाएको दाबी गरिन्छ ।

ओलीलाई कति फाइदा, प्रचण्ड–नेपाललाई कति घाटा ?

सुदूरपश्चिममा लेखराज भट्टको यू–टर्नले फाइदा नेकपा ओली समूहलाई भएकोमा दुई मत छैन । यद्यपि पूर्व माओवादी खेमाको बहुमत नेता–कार्यकर्ता पंक्ति भने प्रचण्ड–नेपाल पक्षमै रहेका देखिन्छन् ।

सोही तथ्यलाई आधार मानेर पूर्व माओवादी खेमाका एक नेता तर्क गर्छन्– ‘उहाँले कित्ता फेर्दैमा हामीलाई कुनै फरक पर्दैन, पूर्व माओवादीको सिंगो जनमत हामीसँगै छ ।’

उनले यस्तो दाबी गरे पनि घाटा प्रचण्ड–नेपाल पक्षलाई नै देखिन्छ । यदि लेखराज पनि साथमा भएको भए, पहाडी इलाकामा भीम रावल र तराई इलाकामा लेखराज गरी सिंगो सुदूरपश्चिममा उनीहरूकै एकछत्र प्रभाव हुने थियो । अब भने लडाईं प्रतिस्पर्धात्मक बन्ने देखिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x