१७ असार २०८३, बुधबार

माघ १५ बाट विद्यालय खुल्ने

माघ १५ बाट विद्यालय खुल्ने
फाइल तस्बिर

कोरोना महामारीले बन्द रहेका  हुम्लाको सिमकोट गाउँपालिकाभित्रका भित्रका विद्यालय यही माघ १५ गतेबाट सञ्चालनमा आउने भएको छ  । आइतबार बसेको कार्यपालिकाको शिक्षा समितिको बैठकले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । पालिकामा सामुदायिक २३ र निजी पाँच गरी २८ विद्यालय छन् । ती सबै विद्यालयले सामाजिक दूरी कायम गरी स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी सञ्चालन गर्ने निर्णय भएको सिमकोट गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्