०८ साउन २०८३, शुक्रबार

छालामा ससाना परिवर्तन आइरहेका छन् भने हुनुस् सचेत, ठूलो रोगको लक्षण हुनसक्छ

मंसिर २३, २०७८
छालामा ससाना परिवर्तन आइरहेका छन् भने हुनुस् सचेत, ठूलो रोगको लक्षण हुनसक्छ

 हाम्रो शरीरमा अनेकथरी परिवर्तनहरू आइरहेका हुन्छन् । कतिपय अवसरमा यी ससाना परिवर्तन कुनै ठूलो रोगका लक्षण पनि हुनसक्छन् । यिनलाई सही समयमा चिनियो भने ठूलो रोगलाई पहिल्यै नियन्त्रण गर्न सकिन्छ । छाला रोग विशेषज्ञ डा नितिन वालियाले शरीरमा यस्ता संकेतको चर्चा गरेका छन् । 

छालामा सेतो वा पहेंलो दाग
यस्तो दाग देखियो भने शरीरमा कोलेस्ट्रोल बढेको संकेत हो । यसबाट मुटुरोगको जोखिम बढ्छ । 

नङ कालो हुनु
हात र गोडाको नङ कालो हुनु क्यान्सरको लक्षण हुनसक्छ ।

छाला चिलाउनु
छाला लामो समयसम्म चिलाएमा थाइरोइड वा मधुमेहको संकेत हुन सक्छ ।

आँखीभौं पातलो हुनु
अचानक आँखीभौं पातलो भएमा थाइराइडको सम्भावना हुन सक्छ । 

काखीमुनि कालो
अचानक काखीमुनिको भाग कालो देखि थाल्यो भने पनि थाइराड वा मधुमेहको शंका गर्नुपर्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्