
हुम्लाका २ गाउँपालिकाका ६० विद्यालयमा माघ १५ गतेदेखि पठनपाठन शुरू हुने भएको छ ।
कोरोना संक्रमणको त्रास कम भएको भन्दै सुरक्षा सावधानी अपनाएर गाउँपालिका शिक्षा समितिबाट निर्णय गरेर विद्यालयमा पठनपाठन हुने भएको हो ।
कोरोना संक्रमणका कारण बन्द रहेको सर्केगार्ड गाउँपालिकाका ३२ विद्यालयमा माघ १५ गतेदेखि पठनपाठन शुरू गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्यले बताए ।
सदरमुकाम सिमकोट गाउँपालिकाभित्रका विद्यालयमा पनि माघ १५ गतेदेखि पठनपाठन सञ्चालन गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जानकारी दिए ।
गाउँपालिका र विद्यालयका प्रधानाध्यापकबीचको बैठकले पठनपाठन शुरू गर्ने निर्णय गरेको हो ।