×

NMB BANK
NIC ASIA

कोरोनाको धक्काले फेरेको जीवन : पतिपत्नीको उद्यमले आत्मनिर्भरतातिर

माघ १७, २०७७

NTC
Premier Steels

कैलालीको धनगढी उपमहानगरपालिका–१४ की बिस्ना थापाको परिवार छाक टार्न पनि भारतकै भर पर्नु पर्थ्यो । उनका पति १८ वर्षदेखि भारतमै रोजगारी गर्थे ।

Muktinath Bank

भारत जान पनि थापा दम्पतीले भएको ५ कट्ठा जग्गा साहुकहाँ बन्धकीमा राखेका थिए । भारतको मजदुरीले परिवारको छाक टार्नै ठिक्क थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना कहरका कारण सामान्य रोजगारी पनि खोसिएपछि बिस्नाका पति रित्तो हात घर फर्के, त्यसपछि झनै दुःखका दिन शुरू भए ।


Advertisment
Nabil box
Kumari

‘रोजगारीका लागि भारत गएका श्रीमान कोरोना कहरका कारण घर फर्किनुभयो,’ धनगढी उपमहानगरपालिका–१४ की बिस्ना थापाले भनिन्, ‘कमाउन गएका श्रीमान नै घर फर्किएपछि परिवारमा छाक टार्नै समस्या हुन थाल्यो । कोरोना संक्रमण कम हुन थालेपछि फेरि रोजगारीका लागि भारत जाने उहाँको लक्ष्य थियो । तर कोरोना संक्रमण झन् बढ्न थालेपछि उहाँ भारत जान पाउनुभएन ।’

Vianet communication

रोजगारीको सिलसिलामा बिस्नाका पतिको आधा उमेर भारतमै बित्यो । अझै पनि उनका पतिको रहर सकुन्जेलसम्म भारतमै रोजगारी गर्ने थियो । तर उनको त्यो सोचलाई कोरोना कहरले बीचमै अवरुद्ध बनायो ।

उनका पति दोधारमै रहेका बेला वडा सदस्यमार्फत बिस्नाले उद्यमशीलताको तालिम हुन लागेको थाहा पाइन् । उनले त्यो तालिम लिने र पछि मिलेर यतै काम गर्ने सल्लाह गरिन् । त्यसमा उनका पति राजी भए । बिस्ना तालिममा सहभागी भइन् ।

‘तालिममा सहभागी भएर कसरी उद्यम गर्ने, किन गर्ने, कुन उद्यमका के कस्ता समस्याहरू छन्, त्यसका चुनौतीहरू के कस्ता छन्, त्यसको समाधान कसरी गर्न सकिन्छ भन्नेबारे थाहा पाएँँ,’ उनले भनिन्, ‘त्यसपछि मैले तरकारी खेती गर्ने सोच बनाएँ । अनि श्रीमानसँग मिलेर बन्धकी रहेको जग्गामा तरकारी खेती गर्ने योजना बन्यो ।’

अहिले बिस्नाको ५ कट्ठा जमिन तरकारीले भरिएको छ । काउली र बन्दा फक्रिने तयारीमा छन् । खुर्सानी र धनियाँले बारी नै हरियो भएको छ । मसिनो माटोमा मुलाहरू बढिरहेका छन् । केही तरकारी तयार भइसकेको छ । केही तरकारी माटोसँग लडिबुडी गरिरहेको छ । 

केही महिनाअघि सामान्य घर चलाउनका लागि अरूको भर पर्ने र प्रायः सधैं निराश देखिने बिस्नाको अनुहार फेरिएको छ, मुहारमा चमक थपिएको छ । पतिपत्नीसँँगै दाजुभाउजूका हात पनि तरकारी फलाउनमा सघाइरहेका छन् ।

पतिलाई घरमै राख्ने सोचले शुरू गरिएको तरकारी खेतीले जीवन पनि फेरिएकोमा खुशी छिन् बिस्ना । ‘पहिला श्रीमान् कामका लागि भारत जाने गर्नुहुन्थ्यो । अहिले सँगै अर्ग्यानिक तरकारी खेती गरिरहेका छौं,’ थापाले भनिन्, ‘भारतमा नोकरी गरेर कमाउने पैसाभन्दा बढी घरकै बारीमा काम गर्दा कमाइ हुने रहेछ । गाउँमै तरकारी खेती गरेर कमाउन सकिने देखेर नै अहिले दाजुभाउजूले पनि सघाइरहनुभएको छ ।’

बिस्नाको परिवारले अहिले गरिरहेको ५ कट्ठा जमिन अपुग हुन थालेको छ । त्यसका लागि १० कट्ठा जमिन भाडामा लिइसकिएको छ । अब त्यहाँ पनि तरकारी खेती विस्तार हुँदैछ । 

बन्धकी राखेको जमिनमा थापा दम्पतीले यसअघि धान र गहुँ खेती लगाउने गरेका थिए । तर अब धान–गहुँ खेती नगर्ने निधो गरिएको छ । ‘धान–गहुँ लगाएर भएको उत्पादन ३ महिना पनि खान पुग्दैन्थ्यो । वर्षभरि किनेरै खानुपर्थ्यो,’ थापाले भनिन्, ‘अहिले तरकारी खेती लगाउन थालेपछि यसबाटै कमाइ भएको छ । त्यो पैसाले आवश्यक सबै खर्च कटाएर आम्दानी पनि हुन थालेको छ । अब हामीले धान–गहुँ किन लगाउने ? तरकारी खेती नै गर्छौं अब ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x