११ असार २०८३, बिहीबार

कांग्रेसले ब्रेक ग-यो ‘लाल किल्ला’, गढ क्षेत्रमा नयाँ शक्तिको पराजय

कात्तिक २०, २०७४
कांग्रेसले ब्रेक ग-यो ‘लाल किल्ला’, गढ क्षेत्रमा नयाँ शक्तिको पराजय
काठमाडौं, ४ जेठ –यसअघि माओवादीको ‘गढ’ मानिने गोरखाको पालुङ्टारमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ ।
यसअघिका दुवैवटा  संविधानसभा चुनावमा भारी मतसहित विजय हासिल गरेको नेकपा माओवादी केन्द्र र राम्रो पकड कायम गरेको ठानिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसमेतले यसपटक यो स्थानीय तहको चुनावमा उक्त क्षेत्रमा ‘नमिठो पराजय’ भोगेका छन् ।congress paluntar
झण्डै २ दशकपछि भएको स्थानीय तहको चुनावमा अत्यन्तै उत्सुकताका साथ हेरिएको पालुङटारमा नेपाली कांग्रेसले आफ्नो विजयको झण्डा फहराएको छ ।
कांग्रेसका तर्फबाट नगरपालिकाको मेयरका उम्मेदवार बनेका दीपकबाबु कँडेलले ४६९८ मतसहित विजय हासिल गरेका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेद्वार विवश चिन्तनले ४ हजार ४९१ मत ल्याएका छन् ।
बाबुरामको राम्रो प्रभाव क्षेत्र रहेको भनिएको पालुङटारमा यसपटकको स्थानीय तहको चुनावमा भने ज्यादै नमिठो पराजय हात लागेको छ । नयाँ शक्ति र संघीय समाजवादी फोरमको संयुक्त गठबन्धनमा मेयरको उम्मेदवार उठेका अशोक देवकोटा तेस्रो स्थानमा रहे ।

salt training

कमेन्ट गर्नुहोस्