×

Dabur
Nic Asia
Marvel

हाम्रै सभ्यतामा लुकेका विज्ञान र प्रविधिका संकेतहरू कसरी चिन्ने ?

काठमाडाैं | माघ २४, २०७७

TVS INSIDE

विज्ञान र प्रविधिको क्षेत्रमा पश्चिमा देशहरूले गरेको प्रगतिको कारण आज संसारमा उच्च विकसित देशहरू भनेर चिनिन्छन् ।

morang Auto yamaha

संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, फ्रान्स, जर्मनी, रसिया, इटाली जस्ता देशहरू धनाढ्य राष्ट्रको रूपमा स्थापित छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

विज्ञान र प्रविधिको क्षेत्रमा प्रगति नगरेसम्म कुनै पनि राष्ट्र अघि बढ्न सक्दैन भन्ने विषयमा दुईमत नहोला । पश्चिमा देशहरूले विज्ञान र प्रविधिको क्षेत्रमा गरेका प्रगति हामीले पनि अनुशरण गर्नुपर्छ ।

हाम्रो आफ्नो सभ्यता, संस्कृति र परम्पराको कुरा गर्दा पुरातन, अविकसित, रुढीवाद देख्ने तथा विज्ञान र प्रविधिसँग सम्बन्धित विषयमा चर्चा गर्दा पश्चिममा देशहरूमा लगेर जोड्ने प्रवृत्ति युवा वर्गमा देखिन्छ । यो चिन्ताजनक विषय हो ।

Vianet communication
Maruti inside

पूर्वीय सभ्यताका उत्तराधिकारी राष्ट्रको रूपमा रहेका नेपाल र भारत जस्ता देशमा विज्ञान र प्रविधिको क्षेत्रमा पटक्कै काम नभएको भने होइन । हाम्रा सम्पदामा निहित विशाल ज्ञानको भण्डारलाई हाम्रो शिक्षासँग जोड्न नसक्नु हाम्रो कमजोरी हो ।

हाम्रो शैक्षिक पद्धतिमा अनुसन्धान, आविष्कार, नवाचार र नैतिकतालाई शिक्षाको आधार नबनाएको कारण आज हामी जे–जति विज्ञान र प्रविधिका कुरा गरिरहेका छौं, ती सबै पश्चिममा आविष्कार भएका, पश्चिमीले निर्माण गरिदिएका भनेर लिन बाध्य छौं । 

हाल प्राप्त वैदिक दर्शन र बौद्ध दर्शनमा उल्लेखित कतिपय कुराहरू आधुनिक विज्ञान र प्रविधिको क्षेत्रमा मान्यताहरू हेर्ने हो भने थुप्रै समानता भेटिन्छ ।

फरक यत्ति हो हामीले हाम्रै धार्मिक ग्रन्थहरूको अध्ययन गरेर अनुसन्धान र आविष्कारको पाटोलाई अघि बढाउन सकेनौं । हाम्रा ग्रन्थहरूमा उल्लेखित कतिपय विषयलाई संकेत मानेर थप विद्यार्थीले वैज्ञानिक अनुसन्धान गरिदिएको भए, आज ती अनुसन्धानको श्रेय पनि नेपाललाई नै जान्थ्यो ।

भारतीय पत्रकार सुधीर चौधरीले नेपालको सर्वोच्च शिखर सगरमाथाको नामाकरण जर्ज एभरेस्टको नामबाट माउन्ट एभरेस्ट राखिनुभन्दा गणितिज्ञ राधानाथ सिक्दरको नामबाट राखिनुपर्छ भनेर जी टेलिभिजनको कार्यक्रममा बोलेपछि नेपालको सामाजिक सञ्जालमा हंगामा भयो । जी न्युजको विरुद्धमा सामाजिक सञ्जालका थुप्रै भित्ता पोतिए । उनले उठान गरेको विषयले सर्वोच्च शिखर सगरमाथाको नाम जर्ज एभरेस्ट राखिनु पनि गलत हो, राधानाथ पर्वत राखिनु पनि गलत हो भन्ने एउटा कोणबाट संकथन प्रारम्भ भयो ।

युगद्रष्टा गुरु डा. निर्मलमणि अधिकारीले विक्रम संवत् २०६३ जेठ २३ गते यसै विषयमा प्रत्यक्ष सरोकार राख्ने लेख लेख्नुभएको रहेछ, जुन अझै ब्लग अझै पढ्न सकिन्छ ।

सर्वोच्च शिखर सगरमाथालाई महाभारतकालभन्दा अगाडि नौबन्धन भनिने गरेको थियो र पछि व्योमकुट भनेर पनि चिनिथ्यो भनेर युगद्रष्टा गुरुले ब्लगमा लेख्नुभएको छ । सर्वोच्च शिखरलाई स्थानीय भाषामा चोमोलुङ्गमा भनेर समेत चिनिइने गरेको थियो । तर सर्वोच्च शिखरको नामाकरण माउन्ट एभरेस्ट राखिन पुग्यो । यो दुर्भाग्यपूर्ण कुरा हो । 

सन् १८५६ मा एण्ड्रेउ स्कट वालेको सर्वेक्षण टोलीमा रहेर राधानाथ सिक्दरले हिसाब गरेर सबैभन्दा अग्लो हिमशिखर भनेर ‘पत्ता लगाएको’ १० वर्षपछि कहिल्यै सगरमाथा पुग्दै नपुगेका र यो सर्वेक्षणमा कुनै सरोकार नै नभएका व्यक्तिको नाममा सर्वोच्च शिखरको नामाकरण हुनु झनै दुर्भाग्यपूर्ण कुरा हो ।

महाभारतकालभन्दा अगाडि नौबन्धन अथवा व्योमकुट नामले चिनिन्थ्यो भने पुरानै नाम राख्ने पहल किन गरिएन ? स्थानीयले आफ्नै भाषामा चोमोलोङ्गमा भन्ने गर्थे भने सोही नाम किन आधिकारिक रूपमा राख्न पहल गरिएन ? विश्वको सर्वोच्च शिखर जस्तो गरिमामय सम्पदाको नामाकरणमा साम्राज्यवादको निरन्तरता दिने जर्ज एभरेस्ट नाम राखिनु र परम्परादेखि चलिआएका भनिएका नामहरू ओझेलमा पारिनुको कारण आज सुधीर चौधरी जस्ता पत्रकारले राधानाथ सिक्दरको नाम हुनुपर्छ भनिरहेका छन् ।

उनको भनाइ बुझ्ने हो भने जो सगरमाथाको उचाइ नाप्ने कार्यमा संलग्न थिएनन्, तिनको नाम राख्नुभन्दा जसले हिसाब गरेर पत्ता लगाएका थिए, उनको नामबाट राख्नुपर्छ भन्ने देखिन्छ । हाम्रो दृष्टिकोणबाट हेर्दा न जर्ज एभरेस्ट न राधानाथ सिक्दर दुवै एकै हुन् ।

यसमा उठान गर्न खोजेको विषय के हो भने विश्वको सबैभन्दा अग्लो हिमाल भनेर मान्यता प्राप्त गरेर महाभारत कालभन्दा अगाडिदेखि नामकरण समेत भइसकेको पर्वतको उचाइ नाप्न हामीले सकेनौं । सबैभन्दा अग्लो पर्वत हो भन्ने संकेत पनि प्राप्त रहेछ । विश्वभर पर्वत खोज्दै हिँड्नुपर्ने बाध्यता पनि रहेनछ । तर पनि हामीले विश्वको सर्वोच्च शिखर यो हुनसक्छ कि भनेर नापेर हेर्ने जमर्को गर्न सकेनौं ।

सर्वोच्च शिखरको उचाइ नापेर आधुनिक युगमा स्थापित गर्ने अवसर हामीले गुमायौं । खैर, त्यो बेला राणा शासनको अन्धकार युग भएको हुँदा यो विषयमा ध्यान दिन सकिएन भन्न सकिएला ।

आकाश केही चीज हो कि केही नहुनु आकाश हो ?

सन् २०१६ मा लिगो नामको प्रयोगशालामा गुरुत्वाकर्षणको तरंग पत्ता लगायो । २ विशाल कृष्ण विवर (ब्ल्याक होल) एकअर्कासँग मिल्दा उत्पन्न भएको गुरुत्वाकर्षणको तरंग पृथ्वीसम्म आइपुग्यो, जसलाई लिगो प्रयोगशालाले पत्ता लगायो । यो अनुसन्धानले अल्बर्ट आइन्स्टाइनले प्रतिपादन गरेको सापेक्षताको सिद्धान्तलाई सही भएको ठहर गर्‍यो ।
 
विश्व विख्यात वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले सापेक्षताको सिद्धान्त अघि सारेको १०० वर्षपछि लिगो प्रयोगशालाले प्रमाणित गरेको थियो । यहाँ आश्चर्यजनक कुरा के रह्यो भने अल्बर्ट आइन्स्टाइन पहिलो व्यक्ति थिए जसले आकाश (स्पेस) भनेको वस्तुहरू नभएको रित्तो स्थान नभई एउटा खँदिलो वस्तु हो, जुन पिण्डको कारण बाङ्गिन सक्छ, टेडोमेडो हुनसक्छ भनेका थिए ।

लिगो प्रयोगशालाले सन् २०१६ मा पत्ता लगाएको गुरुत्वाकर्षणको तरंगले पहिलो पटक आकाश कुनै रित्तो स्थान नभई आफैंमा एक खँदिलो वस्तु हो भन्ने प्रमाणित गरेको थियो ।

तर यहाँ पनि हामी चुक्यौं । श्रीमद्भागवत गीतामा कृष्णले अर्जुनलाई तेह्रौं अध्यायको ३१ औं हरफमा आकाशबारे ‘सर्वात्रावस्थितोदेहेतथात्मानोपलिप्यते यथाप्रकाशयत्येकः कृत्सनंलोकमिमंरविः’ भनेर बुझाएका रहेछन् । अर्थात् आकाश सर्वव्यापी भएर पनि सूक्ष्मताका कारण कहीँ बाँधिदैन, त्यसरी नै आत्मा सबै ठाउँमा व्याप्त भए तापनि शरीरसँग ऊ लिप्त हुँदैन भनेर अर्जुनलाई आत्माको विषयमा ज्ञान दिएका रहेछन् ।

यहाँ कृष्णले आकाशलाई अतिसुक्ष्म वस्तु जुन आफ्नो सुक्ष्मताका कारण सर्वव्यापी हुन्छ भनेर यसको विशेषताबारे बुझाएका छन् । परमाणुमा हुने इलेक्ट्रोन, प्रोटोन र न्युट्रोन रहने स्थान पनि आकाश र राति ताराहरूमाझ रहेको स्थान पनि आकाश । भगवान् कृष्णको कुरा मान्ने हो भने तारामाझ रहेको आकाश र इलेक्ट्रोन, प्रोटोन र न्युट्रोनमाझ रहेको स्थान पनि आकाश । 

श्रीमद्भागवत गीता लगभग ५ हजार वर्ष अगाडिको हो भनिन्छ । त्यसपछि निरन्तर हाम्रो समाजमा गीता वाचन गरिँदै आएको छ । हाम्रो देशको कुनै पनि भौतिक शास्त्रका विद्यार्थीले आकाश भनेको वस्तुको अनुपलब्धतामा हुने रित्तो स्थान हो कि भगवान् कृष्णले भनेको जस्तो कुनै सुक्ष्म र व्यापक हुनसक्ने विशेषता बोकेको खँदिलो वस्तु हो भनेर अनुसन्धान गरिदिएको भए भौतिक शास्त्रमा नयाँ आयामको श्रेय सायद नेपाललाई जान्थ्यो होला । 

अनुसन्धान गर्ने प्रयोगशाला नभए पनि कम्तिमा परिकल्पना (हाईपोथेसिस) भए पनि निर्माण त गर्न सकिन्थ्यो होला । त्यही पनि गर्न सकिएन । हजारौं वर्षदेखि संकेतको रूपमा रहे पनि हामी चुक्यौं । अल्बर्ट आइन्स्टाइनले परिकल्पना गरेको १०० वर्षपछि प्रमाणित भयो ।

ग्यालिलियो हुँदै न्युटन, आइन्स्टाइन र स्टेफिन हकिङ्गसम्म आइपुग्दा ब्रह्माण्ड झन्–झन् रह्यमयी हुँदै गएको छ । भौतिकशास्त्र पछिल्लो समय निकै चर्चामा रहेको विधा हो क्वान्टम मेकानिक्स । क्वान्टम मेकानिक्समा पनि फरक–फरक दृष्टिकोण रहेका छन् । त्यसमध्ये एक जर्मन भौतिक शास्त्री वेर्नर हेन्सवर्ग र नेल्स बोहरको व्याख्याबाट स्थापित कोपेनहेगेन व्याख्या निकै महत्त्वपूर्ण रहेको छ ।

पदार्थको अतिसुक्ष्म रूप क्वान्टम तहमा पुगेपछि वास्तविकता (रियालिटी) मा अवलोकनकर्ताको भूमिका हुन्छ कि हुँदैन भन्ने ठूलो बहसको केन्द्र कोपेनहेगन इन्टरप्रिटेसनमा भेटिन्छ । कुनै भौतिकशास्त्री अवलोकनकर्ताको भूमिकालाई स्वीकार्छन्, कुनैले स्वीकार्दैनन् । क्वान्टम मेकानिक्समा अवलोकनकर्ताको भूमिकाको कारण आउने विरोधाभासको कारण अल्बर्ट आइन्स्टाइनले भनेका थिए – मैले हेरे पनि न हेरे पनि आकाशमा चन्दैमा हुन्छ, हुन्छ ।

बृहत् क्षेत्रमा अल्बर्ट आइन्स्टाइनको दावी स्वीकार्य भए पनि क्वान्टम तहमा भने अवलोकनकर्ताको भूमिकाको विषयमा अझै पनि सर्वमान्य दृष्टिकोण स्थापित भएको छैन । क्वान्टम तहमा अवलोकनकर्ताको भूमिकाको चर्चा बृहदारण्यक उपनिषद्मा उल्लेखित ‘अहम् ब्रह्मास्मी’सँग सोझै समानता देखाउँछ । अहम् ब्रह्मास्मी अर्थात् ‘म नै ब्रह्माण्ड हुँ’ । बृहदारण्यक उपनिषद्मा उल्लेखित ‘अहम् ब्रह्मास्मी’ले निर्दिष्ट गरेको बाटो पहिल्याएर क्वान्टम मेकानिक्समा अवलोकनकर्ताको सर्वस्वीकार्य भूमिकाको व्याख्या हुन सक्ला ? त्यो व्याख्या कोपेनहेगन व्याख्या जस्तै काठमाडौं व्याख्याको नामले विश्व विख्यात हुन सक्ला ? अवलोकनकर्ताको महत्त्वको सम्बन्धमा संकेत त पाइएको छ ।

खोज अनुसन्धानको लागि आइज्याक न्युटनको टाउकोमा स्याउ खसेको जसरी हरेक खोजकर्ताको टाउकोमा स्याउ खस्नैपर्छ भन्ने छैन । न त जोन पेम्बर्टनले जसरी टाउको दुखेको औषधि बनाउन खोज्दा कोकाकोला बने जस्तै बाटो अपनाउनुपर्छ ।

हाम्रो वातावरण, हाम्रो संस्कृति, हाम्रो सभ्यता, हाम्रा लोककथामा रहेका संकेतलाई टिपेर खोज अनुसन्धान गर्ने हो भने विज्ञान र प्रविधिको विकासमा ठूलो योगदान पुर्‍याउन सक्छौं । कमजोरी छ त हाम्रो शिक्षा पद्धतिमा । अनुसन्धान, आविष्कार, नवाचार र नैतिकताको बलियो आधार स्तम्भमा हाम्रो शिक्षा पद्धति हुनुपर्थ्यो । 

हाम्रा शिक्षालयहरू रेडिमेड प्रश्नका रेडिमेड उत्तर ब्ल्याक बोर्डमा लेखाइन्छ, घोकाइन्छ । परीक्षामा त्यही रेडिमेड प्रश्न सोधिन्छ र विद्यार्थीले ३ घण्टामा घोकिएकै रेडिमेड उत्तर लेख्नुपर्ने हुन्छ । अनि कहाँबाट हाम्रा वरिपरि रहेका संकेतहरूमाथि विचार र विश्लेषण गर्नु र आविष्कार र नवाचारको ढोका खोलिनु ? 

अंग्रेजी पढाउनु नै शिक्षाको गुणस्तरको मापदण्ड बनेको छ । विद्यालयको नामपट्ट (साईन बोर्ड) सकेसम्म पश्चिमा कुनै व्यक्तिको नाम, पश्चिमी देशको कुनै स्थानको नाम राखिन्छ । त्यस्तै अंग्रेजी सुनिने नाम भएको विद्यालयमा राम्रो पढाइ हुन्छ कि भन्ने एउटा मानसिकता अभिभावकमा परेको छ । आफ्नो भाषा बिर्सिएर अर्काको भाषा घोकाउने शिक्षा रहुञ्जेल हाम्रै सभ्यता र संस्कृतिका विज्ञान र प्रविधिसँग सम्बन्धित संकेतहरू ओझेलमा परिरहन्छन् ।

Mega
TATA Below
NLIC
असार १६, २०७९

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...

जेठ २७, २०७९

केही दिन पहिला संसद् बैठकमा सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कूटनीतिमा गम्भीर खेलबाड गरिरहेको आरोप लगाउनुभएको सुन्न पाइयो । कूटन...

असार १, २०७९

नेपालको संविधानले तीन तहको सरकार र तीनै तहको प्रशासनको व्यवस्था गरेको छ । शासन (सरकार) को सहयोगी प्रशासन हो । सरकारको सहयोगी मात्र भनेर प्रशासनको अर्थ र भूमिका पूर्ण हँुदैन । सरकारलाई कार्यमूलक, उत्तरदायी र ...

जेठ ३०, २०७९

‘आग्रहले भरिएको दिमाग भन्दा खाली दिमाग सत्यको नजिक हुन्छ’, यो भनाइ हो अमेरिकाको संस्थापक मध्येका एक थोमस जेफर्सनको । उनी अमेरिकाको तेस्रो राष्ट्रपति पनि हुन् ।  उनको यो उद्गार उत्तिकै कालजयी...

असार ८, २०७९

बजेट आमनेपालीको भान्छादेखि दराजको वजनसम्ममा जोडिन्छ । बजेटले आमनागरिकमाथि खेलबाड गर्‍यो भने त्यो क्षम्य हुँदैन ।  बजेटले हामीसामु सौभाग्य ल्यायो या दुर्भाग्य, अथवा यो बजेटले कसलाई किन पिरोलिरहेको ...

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

असार १६, २०७९

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

ad
x