आमा भगवानको रूप मानिन्छ । आमाले आफ्ना सबै सन्तानलाई समान रूपमा प्रेम गर्छिन् र सन्तानको ज्यान जोगाउन जुन हदसम्म पनि पुग्छिन् ।
मानिसमा मात्र नभई जनावरको हकमा पनि यो कुरा लागू हुन्छ ।
आमाको प्रेम झल्काउने एउटा भिडियो सार्वजनिक भएको छ । त्यसमा हरिणको बच्चो जंगलमा खोला तरिरहेको देखिन्छ । त्यसैबेलामा एउटा गोही त्यसलाई खान आइपुग्छ । बच्चोलाई गोहीले खान लागेको देख्दा आमा दौडिँदै आउँछिन् र आफ्नो ज्यानको बलिदान दिन्छिन् ।
भारतको वन विभागका अधिकारी सुशान्त नन्दाले यो भिडियो ट्विटरमा सार्वजनिक गरेका हुन् ।
भिडियो हेरेर ट्विटर प्रयोगकर्ताहरूको आँसु थामिएन ।
All the forces on this planet will never beat that of a mother’s love 💕
The video of a mother deer that ran in to save her young from the jaws of a crocodile... pic.twitter.com/4uKMhEuyHE— Susanta Nanda IFS (@susantananda3) February 6, 2021