१३ असार २०८३, शनिबार

ढल्यो कांग्रेसको गढ, बनेपा मेयरमा एमालेका बादे विजयी

कात्तिक २०, २०७४
ढल्यो कांग्रेसको गढ, बनेपा मेयरमा एमालेका बादे विजयी

५ जेठ बनेपा–नेपाली कांग्रेसको गढ मानिएको काभ्रेको बनेपा नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

नेकपा एमालेका उम्मेदवार लक्ष्मी नरसिंह बादेले ९ हजार ६ सय १७ मत पाएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राम जोशीले ८ हजार २ सय ७१ मत पाए ।

विजयी जुलुसमा सहभागी हुन एमाले अध्यक्ष केपी ओली र महासचिव ईश्वर पोखरेल बनेपामा आइपुगेका छन् । गत संविधानसभा निर्वाचनमा बनेपा क्षेत्रवाट नेपाली कांग्रेसका कञ्चन बादेले चुनाव जितेका थिए । उनी हाल उद्योग राज्यमन्त्री छन् ।

उपमेयरमा पनि नेकपा एमालेका रेखा दाहालले ९ हजार २ सय ३० मत पाएर विजयी भएकी छन् । नेपाली कांग्रेसकी निर्मला श्रेष्ठले ८ हजार ५ सय ४१ मत प्राप्त गरेकी छन् ।

मेयरको टिकटको मनोनयन गर्ने अन्तिम दिन सम्मपनि उमेद्वार छान्न नसकेको नेपाली कांग्रेसले अन्तिम समयमा जिल्ला सभापति मधु आचार्यको पहलमा जोशीलाई टिकट दिएपछि कांग्रेस कार्यकता रुष्ट बनेका थिए ।

राज्यमन्त्री बादेले आफू निकटका सान्तिरत्न साक्यलाई पहिलेदेखि नै मेयर पदमा उठाउने भन्दै हात लिएका थिए । आफू अनुकुल निर्णय नभएपछि उनले असहयोग गरेको कारण कांग्रेसले हारेको स्थानीय कार्यकर्ताहरु बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्