०६ साउन २०८३, बुधबार

श्रीमद्भगवद्गीताका यी तीन जीवनोपयोगी पाठले ल्याउँछन् जीवनमा खुशी

पुस ३०, २०७८
श्रीमद्भगवद्गीताका यी तीन जीवनोपयोगी पाठले ल्याउँछन् जीवनमा खुशी

सनानत धर्म परम्परामा श्रीमद्भगवद्गीताको महत्त्व गंगाभन्दा धेरै मानिएको छ । गंगा भगवान् विष्णुको श्रीचरणबाट निस्कनुभएको हो भने गीता भगवान् श्रीकृष्णको हृदयक्षेत्रबाट । 

गीताले साधारण कर्मलाई योगमा बदल्नका लागि तीनवटा साधनमा जोड दिएको छ । यी साधनलाई जीवनोपयोगी पाठका रूपमा सबैजनाले लिँदा जीवन सहज तथा आध्यात्मिक हुन्छ । 

पहिलो, फलको आकांक्षा नगर्ने । दोस्रो, कर्ताले अहंकार नगर्ने । तेस्रो, गरेका सबै कर्म परमात्मामा समर्पित गर्ने । 

यी तीन महापाठमा वेद र उपनिषद्का सारहरू पनि झल्किएका छन् । 

ज्ञान, भक्ति र कर्मको अनौठो त्रिवेणी हो गीता । यसलाई जतिपटक पढ्यो, त्यतिपटक नयाँ नयाँ रहस्यहरू खुल्दै जान्छन् । 

युद्धअघि विषादको अवस्थामा रहेका अर्जुनलाई निष्काम कर्मको पथमा प्रेरित गर्नका लागि श्रीकृष्णले दिनुभएको उपदेशमा ज्ञानको गंगा बगेको छ । 

salt training

कमेन्ट गर्नुहोस्