१३ असार २०८३, शनिबार

शरीर मात्र होइन मुखभित्र पनि ट्याटु खोपाउने अचम्मको प्रचलन

शरीर मात्र होइन मुखभित्र पनि ट्याटु खोपाउने अचम्मको प्रचलन

अचेल हरेक उमेरका मान्छेमा एउटा रुची छ, शरीरका अलग-अलग अंगमा ट्याटु खाेपाउने। 

कतिपयले त शरीरका हरेक जसो भागमा ट्याटु खाेपाइसकेका हुन्छन्। ट्याटुको प्रचलन दिनप्रतिदिन लाेकप्रिय बन्दैछ।

तर पछिल्लो समय सिक्रेट ट्याटुको अचम्मको प्रचलनले चर्चा कमाइरहेकाे छ।

मान्छेले ट्याटु बनाउन शरीरको यस्तो अंग चुनेका छन्, जुन थाहा पाएर तपाईँ अचम्ममा पर्नु हुनेछ।

आजकल मान्छे मुखभित्र तालुमा पनि सिक्रेट ट्याटु खाेपाउन थालेका छन्।

मुखभित्र  ट्याटु खोपाउने मध्येकी एक हुन् बेल्जियमकी प्रसिद्ध ट्याटु कलाकार इण्डि वायट।

​वायट यसका लागि पाँच वर्षदेखि काम गरिरहेकी छन्। मुखभित्र ट्याटु बनाउने काम धेरै कठिन हो।  

शरीरको बाहिरी भागमा ट्याटु खोप्न सुईबाट छेड्ने क्रिया हुन्छ। त्यसरी नै सुईले छेडेर मुखभित्र ट्याटु बनाइने गरिन्छ।

ट्याटु खोपाएपछि केही दिन मसलादार भोजन र कडा पेय पदार्थ सेवन गर्न मिल्दैन।

कमेन्ट गर्नुहोस्