३२ असार २०८३, बिहीबार

अन्जु पन्तले गरिन् बिहे

फागुन १२, २०७७
अन्जु पन्तले गरिन् बिहे

गायिका अन्जु पन्तले वैवाहिक बन्धनमा बाँधिएकी छिन् । उनले बुधबार थिर कोइरालासँग पाटनस्थित एक चर्चमा विवाह गरेकी हुन् ।
विवाहपछि अन्जुले सामाजिक सञ्जाल फेसबुकमा विवाहको भिडियो समेत राखेकी छन् । अन्जु र थिरले एक वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । 

गायिका पन्तको यस अगाडि गायक संगीतकार मनोजराजसँग  विवाह भएको थियो । करिब एक दशक अगाडि उनले मनोराजसँग डिभोर्स लिएकी थिइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्