कात्तिक २८, २०८०
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
लेखक तथा बाल साहित्यकारले मुलुकमा बाल प्रज्ञा–प्रतिष्ठानको आवश्यकता महसुस गरी स्थापनाको पहल थालेका छन् ।
बालबालिकाको सर्वाङ्गीण विकासका लागि पनि प्रतिष्ठानको आवश्यकता रहेको निष्कर्ष निकाल्दै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा भेला भएका उनीहरुले प्रारम्भिक अवधारणापत्रमाथि छलफलसमेत गरका छन् । उक्त अवधारणापत्रलाई अन्तिम रुप दिएर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बुझाउने जनाइएको छ ।
वरिष्ठ बाल साहित्यकार शान्तराज मानन्धरले बाल साहित्य गरिरहे पनि त्यसको नेतृत्व गर्ने संस्थाको अभाव खड्किएको जनाउँदै प्रतिष्ठानको आवश्यकतामा जोड दिए। “अब प्रतिष्ठान स्थापनाका लागि पहल थाल्न ढिलाइ भइसक्यो, हामीले नसके आउने पुस्ताले स्थापना गर्नेछन्, प्रारम्भिक काममा सबै जुटौँ”, उनले भने।
लेखक तथा कलाकार रामबाबु सुवेदीले बाल प्रज्ञा–प्रतिष्ठान आवश्यक छ भन्नेमा कसैको दुई मत नरहेको उल्लेख गर्दै सामूहिक प्रयासको खाँचो रहेको औँल्याए । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले विधागत विकासका लागि सम्बन्धित क्षेत्रसँग जोडिएको संस्था हुनुपर्नेमा जोड दिए।
बाल साहित्यले हालै तयार पारेको अवधारणापत्रमा बालबालिकाको सीप र क्षमता विकासमा सर्जकले ध्यान दिनुपर्ने र त्यसका लागि प्रतिष्ठान महत्वपूर्ण संस्थाकारुपमा उभिने स्मरण गरेका छन्।
तयार पारेको प्रारम्भिक अवधारणापत्रमा बालसाहित्यको विकास, प्रवद्र्धन, र गुणस्तर बनाउन र बालमैत्री व्यवहार विकासका लागिसमेत प्रतिष्ठानको जरुरी भइसकेको उल्लेख छ ।
विधागतरुपमा नेपालमा नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानलगायतका संस्था स्थापना भइसकेका छन् । बालसाहित्यकारले त्यस्तै स्वयत्त संस्थाका रुपमा बाल प्रज्ञा–प्रतिष्ठान बनाउने योजना अघि सारेका हुन् ।
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...