१७ असार २०८३, बुधबार

संघीय शिक्षा ऐन तर्जुमाको गृहकार्य गर्दै सरकार

फागुन २४, २०७७
संघीय शिक्षा ऐन तर्जुमाको गृहकार्य गर्दै सरकार

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले संघीय शिक्षा ऐन तर्जुमाको गृहकार्य थालेको बताएका छन् ।

भारत सरकारको सहयोगमा चन्द्रागिरि नगरपालिका–१५ नैकापमा निर्माण गरिने विष्णुदेवी माध्यमिक विद्यालय भवनको सोमवार शिलान्यास गर्दै उनले २०२८ सालको शिक्षा ऐनलाई २१ औं शताब्दी सुहाउँदो बनाउन संघीय शिक्षा ऐन तर्जुमाको तयारी भइरहेको बताए ।

सार्वजनिक विद्यालयको गरिमा बढाउन तथा पठनपाठनको वातावरण बनाउन गुणस्तरीय शिक्षाको आवश्यकतामा जोड दिँदै उनले शैक्षिक क्षेत्रलाई राजनीतिबाट मुक्त गर्न आफू दृढ रहेको बताए ।

भारत सरकारको अनुदान ६ करोड ४९ लाख रुपैयाँको लागतमा पुनर्निर्माण हुन लागेको विद्यालय भवन नेपाल सरकारले निर्धारण गरेको भूकम्पमा नभत्किने मापदण्डअनुरुप बनाइने छ । 

शैक्षिक, प्रशासनिक तथा प्रयोगशाला र पुस्तकालय गरी अब बन्ने ३ वटा नयाँ संरचनामा १३ वटा कक्षा कोठा, प्रेक्षालय, प्रयोगशाला, कम्प्युटर र पुस्तकालय कक्षका साथै छात्रछात्राका लागि बेग्लाबेग्लै सुविधा सम्पन्न शौचालयको व्यवस्था हुनेछ ।

विक्रम संवत् २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त ८ जिल्लाका ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माणका लागि भारत सरकारले ५ अर्बभन्दा बढी आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएअनुरूप विद्यालयको भवन निर्माण प्रारम्भ भएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्