
महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।
कोरोनाको जोखिम कायमै रहे पनि भक्तजन मास्कलगायत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दर्शन एवं पूजा आराधनाका लागि शिवालयमा गएका हुन् ।
पशुपतिनाथ मन्दिरमा बिहान साढे ११ बजेसम्म करीब साढे २ लाख दर्शनार्थीले दर्शन गरेका छन् । पशुपतिनाथ मन्दिरमा १ घण्टाभित्र दर्शन गरेर फर्कन सकिने गरी व्यवस्थापन गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए । बिहान भने आधा घण्टामै दर्शन गरेर फर्कन सकिने थियो ।
बिहान १० बजेपछि भक्तजनको भीड बढ्न थालेकाले १ घण्टामा दर्शन गरेर फर्कन सकिने छ । बेलुकीसम्म करीब ८ लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने अनुमान गरिएको छ ।
बिहीवार राति दर्शनार्थी आएसम्म मन्दिर खुला रहने जनाइएको छ ।