२७ असार २०८३, शनिबार

यस्तो थियो मानवजातिको पूर्खाको अनुहार (भिडियो)

फागुन २८, २०७७
यस्तो थियो मानवजातिको पूर्खाको अनुहार (भिडियो)

आजभन्दा ४० लाख वर्षअघिको मानव पूर्खाको अनुहार कस्तो थियो भनी अब थाहा पाउन सकिने भएको छ । वैज्ञानिकहरूले प्राचीन मानव अनुहारको संरचना रिक्रीएट गरेका छन् । 

यो अस्ट्रालोपिथेकस एनामेनसिस भनी चिनिने प्रजातिका मानवको अनुहार हो ।

सन् २०१६ मा इथियोपियामा साबुत अवस्थामा भेटिएको सानो खप्परका आधारमा अनुहार बनाइएको हो । 

अनुसन्धानकर्ताहरूले वयस्क पुरुषको खप्पर फेला पारेका हुन् । लाम्चो र साँघुरो खप्परमा सानो मस्तिष्क भएको पत्ता लागेको हो । 

तर उक्त प्रजातिको गालाको हाड उठेकाले अनुहार आधुनिक मानवको जस्तो देखिन्छ । 

एनामेनसिस अस्ट्रालोपिथेकस जिनसको सबभन्दा पुरानो सदस्य हो । हाम्रो पूर्खा होमो सेपियन्स यही समूहबाट विकसित भएको विश्वास गरिन्छ । 

अहिले पत्ता लागेको खप्परलाई अनौपचारिक रूपमा एमआरडी नाम दिइएको छ र मानव विकासको आइकनका रूपमा यसलाई लिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्