मंसिर १४, २०८०
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
अहिले बजारमा कालो भाले, ब्ल्याक चिकन, कडकनाथ नाम राखिएर निकै रेस्टुरेन्टहरू खोलिएका छन् । चित्र पनि पूरै कालो भाले देखिन्छ ।
त्यति मात्र कहाँ हो र ? परिकार पनि पूरै कालो देखाइएको छ । सबैले नौलो देखेर चाख्नेको भीडभाड पनि त्यतिकै छ ।
नेपालमा बिजनेश व्यापारमा केही नौलो गर्यो कि चलिहाल्यो । हुन पनि यो अचम्मको कुखुरा हुँदो रहेछ, पूरै कालो रौं, कालो छाला, कालो मासु, कालो हुँदाहुँदा यसको अण्डा पनि पूरै कालो ।
कडकनाथ कुखुरालाई स्थानीय भाषामा कालामासी, कालामास पनि भनिन्छ । भारतको मध्यप्रदेश उत्पत्ति मानिएको कालो कुखुरा भारतको आदिवासी समुदायमा लोकप्रिय छ ।
आदिवासी समुदायले यो प्रजातिको कुखुरालाई विभिन्न चाडपर्व, देवीदेउतालाई बलि चढाउन उपभोग गरिने रहेछ । कडकनाथ प्रजातिको कुखुरापालन र यसको व्यवसायले नेपालमा राम्रो सम्भावना बोकेको छ ।
कडकनाथ कुखुराको मुख्य विशेषता भनेको स्थानीय वातावरणमा सहजै बढ्ने, रोग प्रतिरोधात्मक क्षमता भएको, केही गर्मी र मध्यम खालको तापक्रम भएको क्षेत्रमा घुलमिल हुनसक्ने र त्यस्तो वातावरणमा राम्रोसँग हुर्किन सक्नु हो । त्यसैले नेपालको तराई र पहाडी भेगमा यो प्रजातिको कुखुराको राम्रो सम्भावना देखिएको छ ।
कसरी लोकप्रिय भयो कडकनाथ नेपालमा ? स्वास्थ्य सम्बन्धी के–के फाइदा छ ?
नेपालको सबै भेगमा पालन गर्न सहज र लोकन जस्तो देखिने यो कालो जातको कुखुरामा अन्य पंक्षीमा जस्तो झट्ट कुनै रोगले नभेट्ने र कडक खालको मासु हुने हुँदा नेपालमा यसको लोकप्रियता दिनानुदिन बढ्दो छ ।
स्वास्थ्य सम्बन्धी पनि निकै फाइदा हुने हुँदा सबैले यसलाई खोजी–खोजी खाने गरेको पाइन्छ । अन्य पंक्षीमा १८–२० प्रतिशत प्रोटिन पाइन्छ भने यो कालो कुखुरामा २५ प्रतिशत पाइने विज्ञको भनाइ छ । कुखुरामा कोलस्टोरको मात्रा पनि अन्यको हेरेर न्युन मात्र रहन्छ ।
महिलामा देखिने बाँझोपनको उपचारका लागि पनि अत्यन्त उत्तम मानिएको यो कालो कुखुरा मस्तिष्क सम्बन्धी रोग, मुटु सम्बन्धी रोग हुनेहरूको लागि पनि उत्तम मानिएको छ ।
दीर्घकालीन रोगहरू र भाइरल रोगका लागि पनि कडकनाथ राम्रो दबाइ मानिएको छ । बल्डप्रेसरको समस्या हुनेहरूका लागि पनि यसको मासु औषधिको रूपमा प्रयोग हुँदै आएको छ । कुखुराको मासुमा हुने पोषण तत्वहरूका कारण रोग प्रतिरोधकको रूपमा पनि यसको मासु प्रयोग गर्न सकिन्छ । यसको अण्डामा समेत उच्च रूपमा प्रोटिनको मात्र हुने र फ्याटको मात्रा कम हुने हुँदा मानव स्वास्थ्यको लागि अतिउत्तम हुन्छ ।
यसको प्रयोगले टाउको दुख्ने, रिँगटा लाग्ने र मिर्गाैलाको समस्यालाई कम गराउँछ । हेर्दा कालो हुने हुँदा धेरैले यसलाई मन नपराउने भए तापनि पोषक तत्वको हिसाबले उत्कृष्ट मासुमा कालो कुखुराको मासु पर्छ ।
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...