मेक्सिकोमा अनुसन्धाताहरूले नाक मात्र छोप्न मिल्ने मास्क बनाएका छन् । यसले खाना खाँदा र गफ गर्दा कोरोनाभाइरसको संक्रमणबाट जोगाउने उनीहरूको भनाइ छ ।
खाना खाँदा मास्क झिक्नैपर्ने अनि त्यही बेलामा कोरोना संक्रमण हुन सक्ने जोखिम भएकाले नाक मात्र छोप्ने मास्क काम लाग्ने अनुसन्धाताहरूको भनाइ छ ।
अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार, मानिसलाई गन्धको भान दिने कोशिकाहरू कोरोनाभाइरसका प्रमुख प्रवेशविन्दु हुन् र नाक छोप्ने यस्ता मास्क महत्त्वपूर्ण हुन्छन् ।
तर विश्व स्वास्थ्य संगठनले मानिसहरूलाई नाक, मुख र चिउँडो छोप्ने मास्क लगाउन सिफारिश गरेको छ ।
Researchers in Mexico have designed a 'nose-only mask' which they say protects you while eating and drinking pic.twitter.com/juzIGAhSrP
— Reuters (@Reuters) March 25, 2021