१७ असार २०८३, बुधबार

विद्यालयका कर्मचारीलाई दूरसञ्चार प्राधिकरणले तालिम दिने

चैत १८, २०७७
विद्यालयका कर्मचारीलाई दूरसञ्चार प्राधिकरणले तालिम दिने
प्रतिकात्मक तस्वीर

नेपाल दूरसञ्चार प्राधिकरणको सरकारी विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आईटी ल्याब) बनाउने कार्यक्रमअन्तर्गत हालसम्म ९२० विद्यालयमा प्रयोगशाला स्थापना भइसकेको छ ।

प्राधिकरणको फागुन मसान्तसम्मको तथ्यांकअनुसार कूल ९३० मध्ये १० विद्यालयमा प्रयोगशाला स्थापना अन्तिम चरणमा पुगेको छ ।

तोकिएअनुसार प्रयोगशाला स्थापना भइसकेका विद्यालयलाई प्राधिकरणले तालीममा सहभागिता जनाउन आग्रह गरेको छ । प्राधिकरणले बुधवार एक सूचना जारी गरी ३ दिने तालिममा सहभागिता जनाउन आग्रह गरेको हो ।

प्राधिकरणको सूचनाअनुसार एक विद्यालयका २ जना कर्मचारी वा कम्प्युटर शिक्षक तालिममा सहभागी हुन सक्नेछन् । प्रयोगशाला स्थापना तयारीको समयमा नै प्राधिकरण र विद्यालयबीच प्रयोगशालामा कार्यरत कर्मचारी वा शिक्षकलाई ३ दिने तालिम प्रदान गर्ने विषयमा सम्झौता भएको थियो ।

सम्झौताअनुसार प्राधिकरणले ३ दिने तालिम दिन लागेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । उनका अनुसार तालिममा सहभागिता जनाउन सूचना प्रकाशन गरिएको र सहभागीको संख्याअनुसार तालिमको समय र स्थान छनोट गरिने छ ।  

प्राधिकरणले ९३० सामुदायिक विद्यालयमा प्रयोगशाला स्थापना गर्न अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरी छनोटमा परेको नेपाली निर्माण व्यवसायी कम्पनी ओबीसीआई, म्याक्स, नेपा ज्वाइन्ट भेन्चरलाई (ओम्नी) लाई ६ महिनाको समय दिएको थियो । २०७६ भदौ २५ गते ६ महिनाभित्र प्रयोगशाला स्थापना गर्न भन्दै ३ अर्ब ४७ करोड बराबरको ठेक्कामा दिइएको थियो । 

प्राधिकरणले तोकेअनुसार प्रत्येक विद्यालयको आईटी ल्याबमा करीब २४ वटा कम्प्युटर र २ थान हार्ड डिस्क (एक्सर्टनल), प्रोजेक्टर, प्रिन्टर, सर्भिलेन्स सिस्टम, स्वीच, राउटर र बत्ती नभएका स्थानमा सोलार सिस्टम समेत जडान गर्नुपर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्