राजधानीमा जारी ललितपुर मेयर्स कप टी–ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा बुधवार सुदूरपश्चिमकी लक्ष्मी साउदले शानदार प्रदर्शन गरिन् ।
लुम्बिनी प्रदेशविरुद्धको खेलमा ४ विकेट लिएकी लक्ष्मी म्यान अफ दी म्याच समेत घोषित भइन् ।
लक्ष्मीकै प्रदर्शनको बलमा उनको टीम सुदूरपश्चिम फाइनलमा पुगेको छ । फाइनलमा बलियो विभागीय टोली एपीएफसँग भेट हुनेछ ।
***
लक्ष्मीलाई सानो छँदा आफू क्रिकेटर बन्छु भन्ने कत्ति पनि लागेको थिएन ।
दिदीले क्रिकेट खेले घुम्न पाइन्छ भनेपछि उनको रुचि उक्त खेलप्रति बढ्न थाल्यो ।
लक्ष्मीले क्रिकेट खेल्न थालिन् । क्रिकेट खेल्न थालिसकेपछि एकपटक भारत पुगेर त्यहाँको माहोल देख्दा उनमा वास्तवमै क्रिकेटप्रति लगाव बढ्यो ।
अहिले लक्ष्मी क्रिकेटमै भविष्य खोज्न संघर्षरत् छिन् ।
लक्ष्मीले आफ्नो क्रिकेट करिअरको शुरूआत, यसक्रममा गरेका संघर्ष र भविष्यका बारेमा लोकान्तरसँग कुराकानी गरेकी छन् ।
हेर्नुहोस्, भिडियोमा :