२३ असार २०८३, मंगलबार

बीयर पिएर ४७ दिनमा घटाए यी व्यक्तिले १८ किलो तौल

चैत २९, २०७७
बीयर पिएर ४७ दिनमा घटाए यी व्यक्तिले १८ किलो तौल

तौल घटाउनका लागि मानिसहरू कठोर व्यायाम गर्छन् र पनि भनेमुताबिक हुँदैन । 

तर एकजनाले बीयर पिएर पेट घटाएको दाबी गरेका छन् । 

अमेरिकाको सिनसिनाटीमा बस्ने डेल हलले तौल घटाउनका लागि झोल पदार्थ मात्र पिएको बताए । चिया, कफी, पानी र बीयर पिएको उनको भनाइ छ । 

उनले यसबीचमा अन्न खाएनन्, विशेषगरी जंक फूडबाट उनी टाढै रहे । 

तर यसक्रममा चिकित्सकहरूले उनलाई लगातार निगरानी गरिरहेका थिए । त्यसले गर्दा ४७ दिनमा १८ किलो तौल घटाए । 

डेल आफैं एक बीयर कम्पनी १६ लट्स ब्रुइङ कम्पनीमा काम गर्छन् । क्राफ्ट बीयर पिउने गरेको उनले बताए । 

भोक लाग्दा उनी बीयर पिइदिन्थे । कहिलेकाहीँ यसो हरियो सागपातसम्म खान्थे । 

डेलले बीयर पिएर तौल घटाएको भए पनि यो स्वस्थकर पेय पदार्थ हैन । तौल घटाउने काम लामो प्रक्रिया हो जसलाई ध्यानपूर्वक पूरा गर्नुपर्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्