×

NMB BANK
NIC ASIA

शिक्षकलाई तलब खुवाउन संकट परेपछि आर्थिक संकलन

बैशाख १, २०७८

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

गोरखाको शहीद लखन गाउँपालिका–७ बुङकोटस्थित चण्डिका आधारभूत विद्यालयमा शिक्षकलाई तलब खुवाउन करीब ५ लाख रुपैयाँ आर्थिक सहयोग संकलन गरिएको छ ।

Muktinath Bank

विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि निजी स्रोतबाट नै शिक्षक नियुक्ति गर्नुपर्ने भएपछि आर्थिक सहयोग संकलन शुरू गरिएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निजी स्रोतमा शिक्षक नराखी नहुने अवस्था भए पनि तलब खुवाउनका लागि आर्थिक अभाव हुने भएपछि आर्थिक स्रोत जुटाउन थालिएको उनको भनाइ छ । ‘विद्यालयको दरबन्दी कटौती हुँदै जाँदा कक्षा सञ्चालनमा कठिनाइ भइरहेको छ, निजी स्रोतको शिक्षक राख्न विद्यालयसँग आफ्नै स्रोत छैन,’ उनले भने, ‘आर्थिक संकलन गरेरै भए पनि शिक्षक राख्नुपर्‍यो भनेर अभियान शुरू गरिएको हो ।’


Advertisment
Nabil box
Kumari

अभियान शुरू गरेको पहिलो दिनमा ४ लाख ९४ हजार ५४० सहयोग प्राप्त भएको वडाध्यक्ष श्रेष्ठको भनाइ छ ।

Vianet communication

विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एवं सदस्य, विद्यालयका शिक्षक, समाजसेवी, भूतपूर्व विद्यार्थी, कर्मचारी लगायतबाट आर्थिक सहयोग प्राप्त भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर विकले जानकारी दिए । प्राप्त भएको रकम सोझै विद्यालयको खातामा जम्मा गर्ने व्यवस्था गरिएको उनको भनाइ छ ।
  
‘अहिलेसम्म अधिकतम २८ हजारदेखि न्यूनतम ५ हजारसम्म स्वेच्छाले आर्थिक सहयोग प्राप्त भएको हो,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘थप आर्थिक सहयोग गर्ने प्रतिबद्धता आइरहेको छ ।’

विद्यार्थी संख्याअनुसार विद्यालयमा शिक्षक नहुँदा विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न नसकिएको भन्दै विद्यालयले निजी स्रोतमा भने पनि शिक्षक राख्ने तयारी गरेको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x