टोखाका विद्यालय वैशाख ९ गतेदेखि बन्द हुने

टोखा नगरपालिकाका विद्यालय वैशाख ९ गतेदेखि बन्द हुने भएका छन् ।

टोखाले दोस्रो चरणको कोरोना संक्रमणलाई मध्यनजर गर्दै वैशाख ९ गतेदेखि सबै विद्यालय बन्द गर्न लागेको हो । 


Advertisement

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका विद्यालयमा कोरोना संक्रमण फैलन नदिन वैशाख ९ गतेदेखि विद्यालय बन्द गर्न लागेको जानकारी दिए ।

‘वैशाख ५ गतेदेखि ८ गतेसम्म सबै विद्यालयमा दोस्रो चरणको कोरोना सम्बन्धी विद्यार्थीमा जनचेतना फैलाउने, वैशाख १० देखि १५ गतेसम्म सबै विद्यालय बन्द गर्ने र वैशाख १६ गतेदेखि स्वास्थ्य मापदण्ड पालना गरेर वार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ,’ उनले भने । 

टोखाले नगरपालिकाभित्र कोरोना भाइरस फैलन नदिन माइकिङ गर्ने, होर्डिङ बोर्ड राख्ने, आइसोलेसन कक्ष निर्माण गर्ने कार्यलाई प्राथमिकता दिनेछ । 

नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले टोखामा सामुदायिक ८, निजी ८४ र मन्टेश्वरी ३५ विद्यालय रहेका जानकारी दिए । टोखाले संक्रमणको दरलाई हेरेर अन्य निर्णय गर्दै जाने जनाएको छ ।

कमेन्ट गर्नुहोस्