×

NMB BANK
NIC ASIA

काभ्रेमा जसले जिते जनताको मन, पूरा गर्लान् त आश्वासन ?

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
काभ्रे, १४ जेठ — वैशाख ३१ मा पहिलो चरणमा निर्वाचन सकिएका कतिपय नगरपालिका, गाउँपालिकाहरूमा चुनावी चर्चा सेलाएको छैन ।

मतगणना सकिएर जनप्रतिनिधिले कार्यभार सम्हाल्दा मतदाता भने चुनावअघि भोट माग्ने क्रममा दलहरूले दिएको वाचा पूरा हुने हो कि हैन भन्दै चासो देखाइरहेका छन् ।

निर्वाचनका समयमा जित्नेदेखि हार्नेसम्मका सबैले भोट तान्न महत्त्वाकांक्षी योजनाहरू बाँडेका थिए । केहीलाई मतदाताले पत्याए भने केहीलाई उनीहरूले स्विकारेनन् । जसलाई मतदाताले पत्याए र विजयी बनाए उनीहरूलाई ती वाचा पूरा गर्न ठूलो चुनौती छ ।

विजयको माला लगाउन भ्याई नभ्याई छ निर्वाचनमा विजयी भएकालाई जसले जनताको मन जितेका छन् । चोक र चौताराहरूमा सवैको चासो नेताहरूले बाडेको आश्वासनमा छ, के ति पुरा होलान् ? हिजोसम्म सामान्य राजनीतिमा देखिएका यी प्रतिनिधिहरूले अब सरकारी सेवा सुविधा चिल्ला गाडीमा कुद्ने मात्र हुन् कि ? बाँडेका सपना पुरा पनि गर्ने छन्, आम चासो त्यसैमा छ ।

लक्ष्मी नरसिंह वादे

काभ्रेको व्यापारिक नगरी बनेपाका मेयर लक्ष्मी नरसिंह वादे नेपाल प्रहरीमा लामो समय जागीरे जीवन बिताएका व्यक्ति हुन् । उनी नेपाल प्रहरीमा थानेदारदेखि एसएसपीसम्मको यात्रा पुरा गरी रिटायर्ड जीवनसँगै राजनीतिमा होमिएका व्यक्ति हुन् । यसअघि वादे नेकपा एमालेका बनेपा नगर कमिटि संयोजक थिए ।  स्थानिय तहको निर्वाचनमा एमालेका तर्फबाट मेयर पदमा निर्वाचन लडेका थिए ।

कांग्रेसको पकड मानिएको बनेपामा वादेको उम्मेदवारीलाई फलामको चिउरा जसरी लिइएको थियो । स्थानिय तदको निवार्चनमा ७४ बर्षिय वादेले मेयर बन्नु अघि फोहोर व्यवस्थापन, खानेपानी समस्या समाधान, नालामा कृषि विद्यालय, जनागालमा ओपन जु (खुल्ला चिडियाखाना) वुद्घको मुर्तिसहितको पर्यटकिय योजना, बासुकीथानमा कृतिम ताल सहितको कृषि पर्यटन सम्बन्धी महत्वकाक्षी प्रतिवद्धता गरेका थिए । बनेपालाई सुन्दर हराभरा युक्त नगर बनाउने सपना बाँडेका वादेले गाउँ र शहरबीचको दुरी कम गर्ने बताएका थिए ।

अशोक ब्याजुः

लामो समय पत्रकारिता क्षेत्रमा बिताएका आशेक व्याजु धुलिखेल नगरपालिकाका मेयर पदका विजयी हुन् । पत्रकारितामा विशेष रुची रहेका व्यान्जु धुलिकखेलका पूर्व उपमेयर समेत हुन् । उनी काभ्रेबाट प्रकाशित हुने चेष्टा साप्ताहिकका सम्पादक र प्राइम एफ.एमका प्रमुख समेत हुन् ।

उनी नेकपा एमाले काभ्रेका जिल्ला उपाध्यक्ष समेत हुन् । विगतमा सकृय पत्रकारिता गरेका ब्यान्जु राजनीतिक व्यक्तिका रुपमा समेत उत्तिकै सकृय यूवा हुन् ।

सुन्दर पर्यटकिय क्षेत्र एवं काभ्रेका व्यापारिक एवं प्रशासनिक क्षेत्र धुलिखेलमा मेयर पदमा विजयी भएसँगै उनले धुलिखेललाई नेपालकै नमूना पर्यटकीय क्षेत्र बनाउने, धुलिखेल नगरभित्र प्रत्येक घरमा रोजगार सृजना गराउने जस्ता महत्वकाक्षी योजनाहरू बाँडेका थिए ।

भिम न्यौपाने

काभ्रे जिल्लाका अर्को नगरपालिका पानौती नगरपालिकाका मेयर बन्न सफल भिम न्यौपाने पुराना बामपन्थी नेता हुन् । साधा र सरल जीवन विताउने भिम न्यौपानेले पनौती नगरभित्रको कुशादेवीमा आन्तरिक पर्यटक भित्राउने, खोपाशीको जमिनलाई अर्गानीक क्षेत्रको रुपमा विकास गराउने योजना बाँडेका थिए । धार्मिक एवं कृषि प्रचुर संभावना रहेका पानौतीका मेयर न्यापानेले नेकपा एमालेका पुरना वामपन्थी व्यक्तित्व हुन् ।

मेहेश खरेल

पाँचखाल नगरपालिकाको मेयरमा निर्वाचित महेश खरेल नेपाली कांग्रेंसका यूवा नेता हुन् । विगतमा लामो समय अमेरिका बसेर आफ्नो पढाई सकेका उनी राजनीतिमा सकृय रुपमा लाग्ने योजनाका साथ नेपाल फर्किएका हुन् । उनी पूर्व शिक्षा मन्त्री राजेन्द्र खरेलका छोरा समेत हुन् ।

पाँचखाललाई अर्गानिक कृषि नगर बनाउने उनको सपनालाई आम पाँचखालका जनताले सदर गरिदिएका छन् । पाँचखालमा देखिएको खानेपानी र सिंचाईको समस्यालाई उनले पुरा गर्ने बचन बाडेका छन् आम पाँचखाल बासी खरेलको योजना सफल पारेको खुसी देखिरहेका छन् ।

टीपी शर्मा
काभ्रेको धार्मिक क्षेत्र नमोवुद्घका मेयर टीपी शर्मा लामो समय पत्रकारिता क्षेत्रमा कलम चलाएका व्यक्ति हुन् । लेखनमा अब्बल मानिने टीपी लामो समय काभ्रेमा कृयाशिल पत्रकारको रुपमा गनिए । उनी पत्रकार महासंघ काभ्रेको सदस्य समेत हुन् । टीपी ४६ शालदेखि नै नेकपा एमालेको राजनीतिमा सकृय रहेका व्यक्तिहन् ।

नमो बुद्घ नगरपालिकाको मेयरका लागि उम्मेदवारी घोषणासँगै उनले नगरभित्र निक्कै योजनाहरू बाडे । भकुन्डेका सुन्दर फाँटहरूमा सिंचाई अभावका कारण मरुभूमिजस्तै बन्न लागेका फाँटहरूमा सिंचाईको महत्वकाक्षी योजनाहरू दिए । बिगतमा पनि सामाजिक काममा उनको राम्रो छवी भएकै कारण जनतालेले उनको महत्वकाक्षाी योजनालाई सह्रस स्वीकार गरे ।

धार्मिक रुपमा पनि परिचित नमोवुद्घ क्षेत्रलाई विश्वका वौद्घमार्गि सँग पु¥याई आन्तरिक पर्यटनको समेत विस्तामर गरी सबल नगर बनाउने वाँचा गरेका छन् ।

टोक बहादुर वाइवा

नेकपा एमाले काभ्रेका अध्यक्ष समेत रहेका टोकबहादुर वाइवा अहिले मण्डन देउपुर नगरपालिका मेयर निर्वाचित भएका छन् । दुई कार्यकालसम्म एमाले काभ्रेका सचिव चलाएका वाइवा नयाँ गाउँ गाविसको पूर्व गाविस अध्यक्ष समेत हुन् । नगरकोट र नाल्दुम क्षेत्रमा पर्यटकिय हवको रुपमा विस्तार गर्ने महत्वकाक्षी योजना यस क्षेत्रका जनतालाइृब बाँडेका छन् ।

ईन्द्रावती जलाशय निर्माण, कुन्तावेशीमा सुविधा सम्पन्न अस्पताल नगरका सबै क्षेत्रमा पक्की बाटो, खानेपानी र सिंचाईको अभाव हुन नदिने बचन वद्घता बाँडेका छन् । चण्डेनी डाँडामा भ्युटावर र आफ्नो कार्यकालमा भष्टाचार शून्यको अभियान समेत बोकेर हिडेका थिए ।

नगरकोटमा सार्वजनिक जग्गा मिचेर बनाईको ठूला रिसोटहरूलाई करको दायरामा लेराई कार्वाही सकेतच उर्ने उदद्दोष गरेका छन् । वाइवाको यो योजनालाई जनताले निक्कै आशावादी भई स्वीकारेका छन् ।

गाउँपालिका अध्यक्षहरू

भुम्लु गाउँपालिकाको अध्यक्षमा निर्वाचित गुमानध्वज कुँवर नेकपा एमालेका सक्रिय कार्यकर्ता र समाजसेवी हुन । रोशी गाउँपालिका अध्यक्षमा निर्वाचित दलबहादुर लामा नेपाली काग्रेसका नेता एवं समाजसेवी हुन । चौरी गाउँपालिका अध्यक्षमा निर्वाचित दिनानाथ गौतम माओवादी केन्द्रका जिल्ला नेता हुन् ।

यस्तै तेमाल गाउँपालिका अध्यक्षमा निर्वाचित सलामसिं लामा नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता हुन् । महाभारत गाउँपालिका अध्यक्षमा निर्वाचित कान्छालाल जिम्बा माओवादीका सक्रिय नेता हुन् ।

एमालेको तर्फवाट खानीखोला गाउँपालिका अध्यक्षमा निर्वाचित कृष्ण खुलाल लामो समयदेखी एमालेको राजनीति गर्दै आएका छन् । बेथानचोक गाउँपालिका अध्यक्षमा निर्वाचित प्रेमबहादुर तिमल्सिना कांग्रेसका सत्रmिय नेता हुन् ।

काभ्रेका जनप्रतिनिधिहरूले शपथ ग्रहण समेत सकेर आफ्नो कार्यमा लागिसकेका छन् । जनप्रतिनिधिले काम सम्हालेसँगै मतदाताले भने आफ्ना स्थानीय स्तरको समस्या समाधान हुने र विकास निर्माणले पनि गति लिने विश्वास लिएका छन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १६, २०७९

त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । मतगणनाको सोमवार प्राप्त भएको परिणामअनुसार प्रमुखमा कांग्रेसका वसन्तकुमार बस्नेत विजयी भएका छन् । उनले १३ हजार ९५९ मत प्र...

कात्तिक २०, २०७४

काठमाडौं, २ जेठ - ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता ल्याएको छ । ललितपुरमा कांग्रेसका उम्मेदवार चिरिवावु महर्जनले ३००२ भोट ल्याउँदै अग्रता लिएका छन् । कांग्रेसबाट उप मेयरका उम्मेदवारले १९ सय २३ म...

जेठ ११, २०७९

जिल्लाका १५ पालिकामध्ये दुई पालिकाका प्रमुख पदमा महिला निर्वाचित भएका छन् । निर्वाचित हुनेमा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा र गौरीगञ्ज गाउँपालिका अध्यक्ष फूलमति राजवंशी रहेका छन्। महतरा नेकपा (एमाले)ब...

जेठ १०, २०७९

तनहुँका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकक...

जेठ ९, २०७९

तुलसीपुर उपमहानगरपालिकामा ४९ हजार ३३ मत गणना भएको छ । उपमहानगरको मेयर पदमा नेकपा एमालेका टिकाराम खड्काले २० हजार ८९४ मतसहित अग्रता कायम राखेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गेहेन्...

जेठ १०, २०७९

दाङ तुल्सीपुर उपमहानगरपालिकामा मंगलबार बिहानसम्म ५९ हजार ५६३ मतगणना सम्पन्न भएको छ । प्राप्त मतपरिणामअनुसार एमालेबाट मेयर उम्मेदवार रहेका टिकाराम खड्काले २४ हजार ८९१ मत पाएका छन् । यस्तै गठबन्धनको साझा उम्मेदव...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x