१० साउन २०८३, आइतबार

एकसाथ चार स्रष्टा सम्मानित, दुई कृति विमोचन

कात्तिक २०, २०७४
एकसाथ चार स्रष्टा सम्मानित, दुई कृति विमोचन
काठमाडौं, १४ जेठ – दायित्व वाङ्मय प्रतिष्ठानको वार्षिकोत्सवको अवसर पारेर दुई स्रष्टाको कति एकसाथ विमोचन भएको छ । शनिवार काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा कृतिको विमोचन गरिएको हो ।

साथै कार्यक्रममा दायित्व वाङ्मय प्रतिष्ठानले चार साहित्यकारलाई सम्मान गरेको छ । कार्यक्रममा साहित्यकार आत्माराम खरेल नगद रुपैयाँ दश हजारसहित हरिकला गुणाकर दायित्व रचना पुरस्कारबाट पुरस्कृत भए भने प्राध्यापक साहित्यकार डा. दयाराम श्रेष्ठ, गोविन्द घिमिरे वेदमणि र साहित्यकार तथा पत्रकार रोचक घिमिरे सम्मानित भए ।

पूर्वप्रधानमन्त्री खिलराज रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली साहित्य र समालोचना विषयमा विभिन्न व्यक्तिले बोलेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्