०१ असार २०८३, सोमबार

जन्ती बोकेको बसलाई टिप्परले दियो ठक्कर : २ बालिकाको मृत्यु, ६ जना गम्भीर घाइते

बैशाख १२, २०७८
जन्ती बोकेको बसलाई टिप्परले दियो ठक्कर : २ बालिकाको मृत्यु, ६ जना गम्भीर घाइते

रूपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा टिप्परले तीन वटा जन्ती बसलाई ठक्कर दिँदा २ बालिकाको मृत्यु भएको छ । दुर्घटनामा परेर ६ जना गम्भीर घाइते भएका छन् ।

सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–बेलहिया सडक खण्डमा दुर्घटनामा परेर रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–१५ की १० वर्षकी सरस्वती हरिजन र ८ वर्षकी की गंगा हरिजनको मृत्यु भएको प्रहरीले बताएको छ ।

भैरहवाबाट जन्ती लिएर बुटवलतर्फ आउँदै गरेको लु १ ख ९६८५ नम्वरको बसलाई सोही दिशाबाट आउँदै गरेको लु १ ख ६०६४ नम्वरको टिप्परले पछाडिबाट ठक्कर दिएको थियो ।

टिप्परले पछाडिबाट ठक्कर दिएपछि हुत्तिएको बसले जन्ती बोकेको अर्को र लु १ ख ५७८८ नम्वरको बसलाई ठक्कर दिएको थियो ।

उक्त बस अनियन्त्रित भएर लु २ च ७०७२ नम्बरको बोलेर जिपलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी टिप्पर चालक सहित ६ जना घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

घाइतेमध्ये टिप्पर चालकको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा र अन्य ५ जनाको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्