२१ असार २०८३, आइतबार

भारतमा ‘कोरोना माई’को पूजाआजा गर्दै महिला, लिए २१ दिनको व्रत

जेठ २, २०७८
भारतमा ‘कोरोना माई’को पूजाआजा गर्दै महिला, लिए २१ दिनको व्रत

भारतमा कोरोनाभाइरसको कहर मच्चिरहेको बेलामा मानिसहरू धर्मको शरण पर्न थालेका छन् । 

उत्तर प्रदेशको बनारसमा महिलाहरू कोरोना माईको पूजा गर्न थालेका छन् । 

काशीका गंगाघाटमा कोरोना महामारीलाई आस्थासँग जोडेर महिलाहरूले प्रार्थना गरिरहेका हुन् । 

बिहान बेलुका महिलाहरू पूजापाठ गरिरहेका छन् । यस महामारीबाट देवीले चाँडै मुक्ति दिलाउनुहुन्छ भन्ने विश्वास उनीहरूले लिएका छन् । 

उनीहरूले कोरोनालाई देवीको संज्ञा दिएर प्रसन्न पार्नका लागि २१ दिनसम्म पूजन गर्ने संकल्प लिएका छन् । 

जैन घाटमा महिलाहरू भेला हुन्छन् र लामो समयसम्म दियो, फूलमाला, सरसामानका साथ प्रार्थना गर्छन् । 

यसो गर्दा कोरोनाको प्रकोपबाट बच्न सकिन्छ भन्नेमा यी श्रद्धालु महिलाहरूको विश्वास छ ।
 

salt training

कमेन्ट गर्नुहोस्