२२ असार २०८३, सोमबार

अमेरिकी गायक कर्ट कोबेनका ६ वटा रौं बिके १६ लाख रुपैयाँमा !

जेठ ५, २०७८
अमेरिकी गायक कर्ट कोबेनका ६ वटा रौं बिके १६ लाख रुपैयाँमा !

सन् १९९४ मा देहान्त भएका अमेरिकी रकस्टार कर्ट कोबेनको कपालका ६ वटा रौं १६ लाख रुपैयाँमा बिकेका छन् । 

गायक, गीतकार, गिटारिस्ट र निर्वाण ब्यान्डका प्रमुख सदस्य कोबेनले जम्मा २७ वर्षको उमेरमा आत्महत्या गरेका थिए । 

अहिले आएर लिलाम बढाबढ हुँदा उनको कपाल लाखौंमा बिकेको हो । ती रौंलाई एउटा प्लास्टिक कन्टेनरमा सुरक्षित राखिएको थियो । 
 

निर्वाण ब्यान्डको पहिलो एल्बम रिलीज भएको चार महिनापछि कोबेनले कपाल कटाएका थिए । उनको एल्बम सुपरहिट भएपछि उनीसँग जोडिएका हरेक कुरालाई ब्रान्डका रूपमा लिन थालियो । 

यसअघि कोबेनको गिटार पनि पोहोर साल लगभग ७१ करोड रुपैयाँमा लिलाम भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्