कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जेठ ११, २०७८
केही दिनअघि वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति आर्यघाटमा दाउराको कमी हुन नदिन निर्देशन दिँदा सामाजिक सञ्जालमा हंगामा भएको थियो । त्यतिखेर उनले नेपाल वन निगम लिमिटेडका महाप्रबन्धक धनञ्जय पौडेललाई पशुपतिस्थित आर्यघाट क्षेत्रमा शवदाहका लागि आवश्यक पर्ने दाउरा कमी हुन नदिन निर्देशन दिएका थिए ।
अक्सिजन नपाएर तड्पिरहेका बिरामीबारे चिन्ता गर्नु त कता हो कता मनोबल गिराउने गरी उल्टै दाउराको कमी हुन नदिन दिएको निर्देशनलाई धेरैले ‘कमनसेन्स नभएको’ मन्त्रीका रूपमा अर्थ्याएका थिए ।
बेलाबेलामा यस्तै अपरिपक्व शैलीका कारण उनी चर्चा र विवादमा आउने गरेका छन् ।
जस्तो कि –
– अब यो सरकारको गियर सिधै ७ नम्बरमा जान्छ । सिधै ७ नम्बरमा हालेपछि तपाईंहरू रोडमा नजानुहोला, तपाईंहरू सिधै समुद्रमा हाम्फाल्नुहोला ।’
– रुखबाट हामी कार्बनडाइअक्साइड पाउँछौं, जुन रुखलाई हामीले अक्सिजन दिन्छौं, त्यो रुखलाई हामीले जोगाउनुपर्छ ।
यस्तै अभिव्यक्तिले उनी विवादमा मुछिन्छन् । फेरि उनी अर्को विवादमा मुछिएका छन् ।
चीन सरकारले नेपाललाई दिएको अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्रीमा आफ्नो फोटो सहितको स्टिकर टाँसेपछि सामाजिक सञ्जालमा उनको मजाक उडाइएको छ ।
गत वैशाख २१ गते चीनले नेपालमा हरियो रंगको २ हजार थान खाली अक्सिजनको सिलिन्डर पठाएको थियो ।
चीनले दिएको स्वास्थ्य सामग्री र अक्सिजन सिलिन्डरमा मन्त्री आलेले टाँसेको स्टिकरमा लेखिएको छ, ‘नेपाल सरकारका माननीय वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेज्यूको व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामग्री ।’
डोटीबाट निर्वाचित रहेका आलेले आफ्नो निर्वाचन क्षेत्रमा स्टिकर टाँसिएका स्वास्थ्य सामग्री पठाएका छन् । ७५ अक्सिजन सिलिन्डर, डेढ लाख सर्जिकल मास्क, औषधिहरू, एन्टिजेन किट, स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री डोटी पठाइएका छन् ।
तर अक्सिजन सिलिन्डरमा आफ्नै फोटो टाँसेका वनमन्त्री प्रेम आलेले आफ्नै व्यक्तिगत खर्चमा सिलिन्डर ल्याएको दाबी गर्दै केही मिडियाले आफूलाई बदनाम गर्न खोजेको बताए ।
आलेले आफूले १५ वटा स्वास्थ्य विभागबाट प्राप्त गरेको र ११० वटा सिलिन्डर स्वयं खरिद गरेर दिएको बताएका छन् । ‘चीनबाट व्यक्तिगत खर्चमा सिलिन्डर मगाएर आपतका बेला सहयोग गर्नुपर्छ भन्ने लागेर सहयोग गरेको हुँ,’ उनले भने ।
उनले ७५ वटा सिलिन्डर डोटीलाई र ५० वटा धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई दिएको बताए ।
अक्सिजन सिलिन्डरमा पनि किन फोटो सहितको स्टिकर टाँसेको भन्ने प्रश्नमा उनले भने, ‘अक्सिजन किन्न मैले ५० लाख खर्च गरेको छु । मेरो निजी पैसा हो । मेरो निर्वाचन क्षेत्रमा मास्क, स्यानिटाइजर, पीपीईको अभाव थियो । त्यो अभाव पूरा गरिदिए । अरु माननीयज्यूहरूले पनि यसै गर्नुभएको छ । जनतालाई भ्रम नहोस् भनेर मैलै स्टिकर टाँस्न लगाएको हो । आफ्नो निजी खर्चमा किनेको अक्सिजनमा आफ्नो स्टिकर टाँस्न नपाइने कुन संविधानमा लेख्या छ र ?’
आलेले थपे, ‘त्यो मेरो निजी सहयोग भयो तर कम्तीमा पनि डोटी जिल्ला हिजोको क्षेत्रीय सदरमुकाम भएको नाताले यहाँ ठूलो प्लान्ट लगाउनुपर्छ भनेर मैले अर्थमन्त्री, स्वास्थ्यमन्त्री र प्रधानमन्त्रीसँग समेत परामर्श गरेर १ करोड ५० लाख जतिको बजेट विनियोजन भएको छ, यो मैलै गरेको कामको प्रशंसा गर्नु पर्दैन र ?’
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...