×

NMB BANK
NIC ASIA

कोरोना कहर

रोकिएन अक्सिजन अभावको समस्या : पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एक रातमै सुत्केरीसहित ७ संक्रमितको मृत्यु

जेठ १४, २०७८

NTC
Premier Steels

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन अभावमै गए रातिदेखि हालसम्म ७ कोरोना संक्रमितको ज्यान गएको छ ।

Muktinath Bank

गण्डकी प्रदेशमा सरकारी तहको यो सबैभन्दा ठूलो अस्पताल हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस क्षेत्रको ठूलो अस्पतालमै अक्सिजन अभावमा बिरामीले ज्यान गुमाउनु परेपछि पोखरा क्षेत्रमा अक्सिजनको चर्को अभावले सन्त्रास फैलिएको छ । 


Advertisment
Nabil box
Kumari

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड वार्डका फोकल पर्सन डा. शरद्चन्द्र बरालले भने, ‘गएको २/३ दिनदेखि बिरामीलाई एक्कासी हाइ फ्लो अक्सिजन लगाउनुपर्दा अभाव हुन गएको हो । हामीहरू जोहो गर्ने कोसिसमै छौं ।’ अस्पतालअनुसार सुत्केरीसहित ७ जनाको ज्यान गएको जनाइएको छ । 

Vianet communication

‘हामीहरूसँग रहेका ९ वटा हाई फ्लोमध्ये १/२ बाहेक सबै प्रयोग भए । त्यसरी अहिलेसम्म हाई फ्लो प्रयोग भएको थिएन । हाई फ्लोले धेरै अक्सिजन खपत गर्छ । करिब ६० देखि ८० लिटर प्रति मिनेटमै युज गर्छ,’ डा. बरालले भने, ‘सामान्य बिरामी भएको भए १५ लिटरले पुग्थ्यो । हाइ फ्लोमा राख्ने वित्तिकै एकजना बिरामीलाई १ घण्टा पनि एउटा सिलिन्डरले धान्दैन । एक दिनमा २४ सिलिन्डर त एउटै बिरामीलाई जाने भो । यसरी ७ जना बिरामीलाई एक दिनमा १६८ सिलिन्डर खपत हुने गरेको छ ।’

‘गए रातिदेखि माग उच्च हुँदा समयमै आपूर्ति हुन नसकेको हो । घरिघरि दबाव महसुस भएको छ । तैपनि यताउती गरेर म्यानेज गरेका छौं । को–अर्डिनेटर गर्ने भन्नेबारे परामर्श भइरहेको छ,’ डा. बरालले भने । 

अस्पतालको कोरोना वार्डमा हाल ७० जना कोरोना संक्रमितको उपचार भइरहेको छ । इमर्जेन्सी वार्डमा दिनमा १० देखि १५ जना भर्ना हुन्छन् । 

अस्पतालमा अहिलेसम्म पनि कुनै अक्सिजन प्लान्ट स्थापना गरिएको छैन । पोखरा क्षेत्रमा निजी स्तरमा २ मात्र अक्सिजन प्लान्ट उद्योग संचालित छन् । एउटा अक्सिजन उद्योगले ४५ मिनेटमा २५ भन्दा बढी सिलिन्डर भर्न सक्दैन ।

६ हजार लिटर क्षमताको सिलिन्डरमा अक्सिजनको मात्रा ४८ सय देखि ५ हजार लिटरमात्र हुन्छ । यसरी दिनमा एउटाले १४०० भन्दा बढी सिलिन्डर भर्न सक्दैनन् । 

गण्डकी प्रदेशमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय हाराहारी पुगेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x