×

NIC ASIA

बजेट

निजी क्षेत्रको नजरमा बजेट : आर्थिक पुनरुत्थानमा सकारात्मक, तर कार्यान्वयनमा आशंका

जेठ १५, २०७८

Prabhu Bank
NTC
Premier Steels

आर्थिक वर्ष २०७८/०७९ को बजेटलाई निजी क्षेत्रले सकारात्मक रूपमा हेरेका छन् । यद्यपी बजेट कार्यान्वयनको पक्षमा भने शंका व्यक्त गरेका छन् । सरकारले स्टार्टअप व्यवसायलाई परियोजना धितो राखेर १ प्रतिशत ब्याजमा २५ लाखसम्म कर्जा उपलब्ध गराउने कुरा सकारात्मक रहेको उद्योगी व्यवसायीहरूले बताएका छन् । 

Muktinath Bank

यस्तै आर्थिक पुनरुत्थानका लागि उद्योगधन्दालाई सहज हुने नीति ल्याएको भन्दै व्यवसायीहरूले बजेटको स्वागत गरेका छन् । यद्यपी बजेट कार्यान्वयन हुनेमा भने आशंका व्यक्त गरेका छन् । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेट सकारात्मक र सबैलाई चित्त बुझाउने गरी आएको उद्योगी व्यवसायीहरूको तर्क छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना महामारीका विरुद्धमा जुट्नका लागि बजेट आएको भएपनि कृषि क्षेत्रलाई भने अझै हेला गरिएको कतिपय उद्यमीहरूले गुनासो गरेका छन् । 


Advertisment
Nabil box
Kumari

कसले के भने ? 
चन्द्र ढकाल– वरिष्ठ उपाध्यक्ष – नेपाल उद्योग वाणिज्य महासंघ
स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिनु राम्रो हो । यस्तै पर्यटन क्षेत्रमा अगाडि बढाउने गरी कार्यक्रम आएको छ । विदेशीका लागि भिसा  फ्री, आन्तरिक पर्यटनमा कर्मचारीहरूलाई घुम्न बिदा दिने जस्ता कार्यक्रमहरूले नीतिगत रुपमा सम्बोधन गरेको छ । 

Vianet communication

विद्युतमा छुट, स्टार्टअप व्यवसाय जस्ता कुराहरू उद्योग वाणिज्य महासंघको माग नै थियो । यसलाई सम्बोधन गर्ने प्रयास गरिएको छ । सरसर्ती हेर्दा बजेट सकारात्मक छ । तर कार्यान्वयन भने अनिवार्य गर्नुपर्छ । यो बजेट साँच्चै कार्यान्वयनमा आयो भने राम्रो हुन्छ । 

पवन गोल्यान – कृषि उद्यमी एवम् अध्यक्ष गोल्यान ग्रुप
बजेटको पूर्णपाठ एकदमै लम्ब्याई चौडाइ छ । कार्यान्वय पक्ष भने निकै चुनौतिपूर्ण छ । यो सरकार वा अब आउने सरकारले कसरी कार्यान्वयन गर्छ भन्ने प्रश्न नै मुल कुरा हो । स्टार्टअप व्यवसायलाई परियोजना धितो राखेर १ प्रतिशत ब्याजमा २५ लाखसम्म कर्जा उपलब्ध गराउने कुरा सकारात्मक रहेको छ । 

कृषि क्षेत्रलाई हेर्ने हो भने म सन्तुष्ट छैन । नीति र कार्यक्रम त राम्रै देखिन्छ । तर हरेक बजेट कार्यान्वयन भएको देखिँदैन । आयातमा भन्सार बढाइएन । २ वर्षमा कृषिमा आत्मनिर्भर हुने भनिएको छ तर कसरी हुने ? केही व्यवस्था छैन । जहिले नि भनिन्छ तर कार्यान्वयन कै समस्या देखिन्छ । कृषिमा बजेट बढेको छ तर म धेरै खुसी छैन । बजेटमा कृषिलाई हेलाँ गरिएको छ ।

भवानी राणा, निवर्तमान अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

बजेटले पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्रलाई दिएको छ । यो सकारात्मक कुरा हो । यस्तै पर्यटन क्षेत्र र अन्य क्षेत्रहरूमा पनि उद्योगहरू सरह विद्युतमा प्राथमिकता र छुट पाउने भनिएको छ, यो निकै सकारात्मक पक्ष हो । 

सांसद विकास कोष खारेज गरिएको छ, यो सबैभन्दा राम्रो कुरा हो । यस्तै कृषिमा पहिलाकै कुराहरूलाई निरन्तरता दिएको छ भने उद्योग क्षेत्रमा कर सम्बन्धि प्रभावित क्षेत्रलाई केही सुविधा दिएको छ । बजेट सकारात्मक भएपनि कार्यान्वयनमा चुनौति देखिन्छ । हालसम्मका बजेटमा समेटिएका कतिपय कुराहरू कार्यान्वयन भएको छैन । यसमा भने शंका छ । कार्यान्वयन पक्षलाई बलियो बनाउनुपर्छ । 

सतिश कुमार मोर – अध्यक्ष– नेपाल उद्योग परिसंघ

महामारीका बेलामा पूर्ण बजेट नै आएको छ । यसलाई के भन्ने ? बजेट भाषण सुन्दा स्टार्टअप व्यवसायीलाई समेटिएको छ, यो राम्रो शुरुवात हो । विद्युतमा छुट पनि हाम्रो ठूलो माग थियो । यसलाई सम्बोधन गरेको छ । 
समग्रमा बजेट सकारात्मक छ । यद्यपी बजेट महत्वाकांक्षी छ ।

भुवन कुमार दाहाल, सीईओ सानिमा बैंक तथा अध्यक्ष नेपाल बैंकर्स एसोसिएसन
प्रत्येक अर्थमन्त्री र अर्थमन्त्रालयको टिमलाई आफ्नो बजेट राम्रो बनाउँ भन्ने हुन्छ । उहाँहरू कस्सिएर लाग्नुभएको छ । उहाँले राख्नुभएको साँढे ६ प्रतिशतको आर्थिक वृद्धि निकै नै चुनौतिपूर्ण छ । मेरो एउटै सुझाव, कार्यक्रमहरू धेरै आएका छन्, अर्को सार उपलब्धीको प्रगति विवरण सुन्न पाइयोस्, शुभकामना छ । 

अर्को कुरा, उद्योगधन्दालाई जति सहुलियत दिनुभएको छ, त्यसले आर्थिक पुनरुत्थानलाई राम्रो हुन्छ । हाम्रो सुझाव सम्बोधन भएको छैन । करको दर सबैमा एकै किसिमको होस् भन्ने माग थियो, त्यो भएको छैन । अहिले कोभिडको बेला सरकारलाई राजश्वको पनि उत्तिकै आवश्यकता छ, अर्को साल यस्तो हुन्छ मात्रै भनिदिएको भए आनन्द आउँथ्यो । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x