२७ जेठ २०८३, बुधबार
कोरोना संकट

आर्यघाटसँगैको बस्तीका सुकुम्बासीको पीडा: शव जलाएको गन्धले बिरामी नै पर्न थालियो [भिडियो]

जेठ १६, २०७८

पशुपति आर्यघाटनजिकै रहेको सुकुम्बासी बस्ती हो यो ।

यी झुप्राका बासिन्दाहरू कसैले फूटपाथमा व्यापार गरेर, कसैले मजदूरी गरेर त कसैले गाडी चलाएर जीविका चलाइरहेका थिए ।

यत्तिकैमा कोरोना महामारी आयो ।

कोरोनाको पहिलो लहरलाई जसोतसो टारेका सुकुम्बासीहरू त्यसको असरबाट तंग्रिन नपाउँदै दोस्रो लहर आएपछि थप समस्यामा परेका छन् ।

बिहानबेलुका हातमुख जोर्न नै मुस्किल पर्न थालेको छ ।

यहाँका सुकुम्बासीको पीडा यतिमा मात्र सीमित छैन ।

कोरोनाका कारण मानिसहरूको भटाभट मृत्यु हुन थालेपछि आर्यघाटमा दिनमै सयभन्दा बढी शव जल्छन् । सामान्य अवस्थामा यति धेरै शव जल्थेनन् ।

आँखैअगाडि यसरी शव जलेको हेर्नुभन्दा ठूलो पीडा त्यसको धुवाँ र गन्धले यिनीहरू नराम्ररी प्रभावित भएका छन् ।

यही सुकुम्बासी बस्तीकी एक वासिन्दा मञ्जु महराले शव जलाउँदा निस्किने धुवाँले आफूहरू नराम्ररी प्रभावित हुँदै आएको बताइन् ।

बच्चाबच्चीहरू बिरामी समेत परेको उनको गुनासो छ ।

हेर्नुहोस्,बाँकी भिडियोमा:

salt training

कमेन्ट गर्नुहोस्