×

NMB BANK
NIC ASIA

ललितपुर प्रहरीको एक्सन : लकडाउनमा लागुऔषध नियन्त्रणदेखि अक्सिजन जोहोसम्म (भिडियोसहित)

जेठ १८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिएपछि गरिएको निषेधाज्ञामा महानगरीय प्रहरी परिसर ललितपुरले लागुऔषध कारोबारी, कालोबजारी गर्नेहरुलाई कानूनको दायरामा ल्याएको छ । 

Sagarmatha Cement
Muktinath Bank

 ललितपुर भलिबल क्लबका टिम म्यानेजर लागूऔषध सहित पक्राउ पर्नु पछिल्लो उदाहरण हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

करिब ३ महिना अघिको सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरले पिछा गरेर अनुसन्धानपछि ललितपुरका भलिबल क्लबका म्यानेजर अनुप श्रेष्ठलाई पक्राउ गरेको परिसरकी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले बताइन् । 


Advertisment
Nabil box
Kumari

‘काँचो सूचनाको आधारमा ३ महिना लामो अनुसन्धानपछि उनलाई आइतवार पक्राउ गरेका हौं,’ एसएसपी बज्राचार्यले लोकान्तसँग भनिन्,‘उहाँको अर्को परिचय समाजसेवीको रुपमा परिचित छ  ।’

Vianet communication
Laxmi Bank

समाजसेवा र क्लबको आडमा रहेर विद्यालय बालबालिका र क्लबमा खेल्ने खेलाडीलाई लागुऔषध बिक्री गरेको हुनसक्ने भएकाले अनुसन्धान गरिरहेको बज्राचार्यले बताइन् । 
प्रहरीले अनुपसँगै अन्य दुई जना अम्रिता खड्का र परदु गुरुङलाई पक्राउ गरेको छ । 

फाेटाे भिडियाे : विश्वास खनाल

प्रहरीले अनुपको कोठाबाट ५० ग्राम अवैध लागुऔषध एम मेथावाईन (आईस) त्यसलाई जोख्ने डिजिटल तराजु, अन्य केही लागुऔषध र ५० हजार रुपैया बरामद गरेको थियो ।

बज्राचार्य ललितपुर प्रहरी प्रमुख भएर गएलगत्तै ललितपुरमा हुने गरेको लागुऔषध कारोबारलाई निरुत्साहित पार्न अभियान नै संचालन गरेकी छिन् ।

 ललितपुर प्रहरीले ह्यान्ड स्यानिटाइजरमा केमिकल मिसाएर बिक्री वितरण गर्ने कारखाना समेत नियन्त्रणमा लिएको छ । 

लकडाउनको समयमा घरमा हुने घरेलु हिंसा, चोरी न्यूनिकरणका लागि २४ सै घण्टा प्रहरी कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहेर काम गरिरहेको छ ।

अक्सिजनको अभाव भएसँगै परिसरले जिल्लामा लुकाएर राखेका अक्सिजन  र कालो बजारीलाई समेत नियन्त्रणमा लिएको एसएसपी बज्रचार्यले बताइन् ।

‘हामीले अक्सिजनको अभाव भएसँगै घरमा लुकाएर राखेका र कालोबजारी गर्नेहरुलाई कानूनी दायरामा ल्याएका छौं,’ एसएसपी बज्राचार्यले लोकान्तरसँग भनिन्,‘हामीले एउटा सिलिन्डरलाई ४१ हजारमा बिक्री गर्न लागेको अवस्थामा ३ जनालाई पक्राउ गरेर कालोबजारी ऐन अन्तरगत मुद्धा समेत दायर गरेका छौं ।’

पछिल्लो समयमा कोरोना संक्रमणका बिरामीहरु र आफन्तहरूलाई चर्को शुल्क लिएको भन्ने सूचना आएकाले यसलाई नियन्त्रण गर्नको लागि सादा पोसाकमा प्रहरी परिचालन गरिएको एसएसपी बज्राचार्यले बताइन् । 

‘हामीलाई ट्याक्सीले बिरामीका आफन्तबाट चर्को भाडा लिएको भन्ने सूचना आएको त्यसलाई नियन्त्रण गर्नको लागि सादा पोसाकमा अस्पतालहरुमा प्रहरी खटाएका छौं,’ एसएसपी बज्राचार्यले लोकान्तरसँग भनिन् ।

उनका अनुसार, कोरोना भाइरस संक्रमणबाट आफ्ना कर्मचारीलाई जोगाउनको लागि छुट्टै ब्यारेकको व्यवस्था गरेको छ । यसका साथै मातहतका सबै प्रहरी कर्मचारीलाई खोप समेत लगाइसकिएको उनले बताइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ २६, २०८०

ललितपुरको उत्तर–पश्चिम क्षेत्रमा पर्ने छम्पी क्षेत्र यतिबेला निकै हरियाली, शान्त र मनमोहक देखिन्छ । काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन पाउन मुस्किल भइरहेको बेला छम्पी क्षेत्रका स्थानीयले भने नगदेब...

माघ ९, २०८०

चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज धोबीखोला सडक) स्तरोन्नतिका लागि भनेर सडक भत्काउन थालेको करिब ५ वर्ष बित्यो, तर पनि मुख्य काम अझै शुरू हुन सकेको छैन । भत्किएको सडकका कारण स्थानीय र यात्रुले ...

भदौ १७, २०८०

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ ।  सरकारी मर्यादाक्रममा मुख्यसचिव ...

भदौ २५, २०८०

साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका कर्मचारीहरू पक्राउ पर्न थालेपछि उनीहरू आन्दोलित भएका हुन् ।  सामुहिक सरुवा माग गरेका कर्मचारीले सरुवा नभएपछि आइतवारदेखि आन्दोलन श...

मंसिर १९, २०८०

पूर्वनिर्धारित डिजाइनअनुसार काम गर्न समस्या भएको भन्दै केही महिनाअघि रोकिएको 'ग्वार्को फ्लाइ ओभर'को (ओभरपास) निर्माण कार्य अहिले द्रुत गतिमा अगाडि बढेको छ । प्राविधिक टोलीले अध्ययन पूरा गरि रि-डिजाइन...

मंसिर ८, २०८०

हरिबोधनी एकादशीको अवसरमा काठमाडौंको बूढानिलकण्ठ मन्दिरमा सप्ताह ज्ञान महायज्ञ भइरहेको छ । बूढानिलकण्ठ नारायण मन्दिर व्यवस्थापन समितिको आयोजनामा बिहीवारदेखि उक्त सप्ताह महायज्ञ शुरू भएको हो ।   ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x