भारतको जम्मु कश्मीरमा बस्ने ६ वर्षकी एक बालिकाले अन्लाइन क्लासमा पनि बेस्सरी होमवर्क दिइएको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै गुनासो गरेको भिडियो भाइरल बनिरहेको छ ।
उनले प्रधानमन्त्रीलाई अभिवादन गर्दै भनिन्, ‘जम्मा ६ वर्षका बालबालिकालाई शिक्षकहरूले किन यति धेरै होमवर्क दिएका होलान् ?’
यति धेरै गृहकार्य त ठूला बच्चाहरूलाई दिए हुन्थ्यो, उनले भनिन् ।
यो भिडियो ट्विटरमा भाइरल बनिरहेको छ ।
त्यसपछि जम्मु कश्मीरका लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हाले शिक्षा विभागलाई ४८ घन्टाभित्र एक नीति बनाएर बालबालिकालाई होमवर्कको बोझ घटाउनका लागि काम गर्न निर्देशन दिएका छन् ।
Modi saab ko is baat par zaroor gaur farmana chahiye😂 pic.twitter.com/uFjvFGUisI
— Namrata Wakhloo (@NamrataWakhloo) May 29, 2021