मंसिर १८, २०८०
(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...
आदरणीय किसान मित्रहरू,
लकडाउन भयो, तपाईंहरूले उत्पादन गर्नुभएका सामानले बजार पाइरहेका छैनन् होला तर पट्टा लगाइएको घोडाले जसरी एक तर्फी सोचेर दुध बगाउने र गोलभेँडा सडकमा सोत्तर पार्ने काम नगर्नुहोला है l तपाईंहरूको माग जायज छ, राज्यले किसानको उत्पादन न्युनतम मूल्यमा खरिद गरिदिनुपर्छ, त्यसमा द्विमत भएन, तर दुध नालीमा बगाएर नागरिक प्रतिरोध हुँदैन l आन्दोलनको तरिका जत्ति पनि भेटिन्छन्; पाउनु भएन भने मलाई सम्पर्क गर्नुहोला, म उपलब्ध गराउनेछु नागरिक प्रतिरोधका पिता जिन सार्पले लेखेका ‘अहिंसात्मक कदममा १९८ बिधि’ भन्ने पुस्तकबाट तपाईंहरूलाई मिल्दो खोजेर l
यो महामारीले हाम्रो आपूर्तिको श्रृंखला (सप्लाई चेन) टुटाइदिएको छ l तसर्थ अहिलेलाई के गरौँ भने, तत्काल बजार नपाएका उत्पादनलाई कसरी हुन्छ जोगाउने, बचाउने काम गरौँ l दुधले बजार नपाए, दहि बनाऔं, दहीले नपाए मही पारेर घ्यु बनाऔं, घ्युले तत्काल बजार नपाए नि बिग्रेर खेर जाँदैन l चिज, पनिर र छुर्पी लगायत अन्य धेरै परिकार बनाउन सकिन्छ दुधबाट जुन बिग्रिहाल्दैन l फलफूल सागसब्जीको हकमा पनि मिलेसम्म कुनै तरिका अपनाएर खेर जान नदिऔं l जस्तै साग छ भने गुन्द्रुक बनाउन सकिएला, मुला भए सिन्की, पिंडालु भए मास मस्यांग मिसाएर मस्यौरा, फलफुल भए जुस नत्र मर्चा मिसाई गलाएर मदिरा, स्कुस भए भुजुरी, जुक्किनी भए नुडल, भटमास भए किनामा, स्याउ भए सुकुटी, गोलभेडा र काँचो आँप भए अचार l अहिले पनि हामी लाखौँको आँपको अमिलो अचार भित्र्याउँछौं भारतबाट l तत्कालै बजार नपाएको खण्डमा आफ्नो उत्पादन कसरी जगेर्ना गर्न सकिन्छ भनेर सोच्नु पनि ब्यबसायिक किसानको कार्य-कौशलता हो, धर्म हो l
पक्कै पनि यहाँहरूको ब्यबसायिक लगानी अनुसारको प्रतिफल त्यसरी त नमिल्ला, तर डोब नै मास्सिएर जाने अवस्थाबाट भने जोगिन सकिन्छ l यसरी आफूले गरिरहेको कामबाट बाहिर निस्किएर सोच्ने कुरालाई अंग्रेजीमा “थिन्किंग आउटसाईड द बक्स” भन्छन् l वास्तवमै यसरी सम्भावनाहरू खोजी प्रयोजन र प्रयोगको दायरा बढाउन सकेको खण्डमा उत्पादित प्राय वस्तुहरूको बिनास हुन पाउँदैन l अर्को तर्फ त्यसरी जथाभावी नास गरिने सागसब्जी र फलफुलले वातावरण प्रदुषण पनि निम्त्याउँछ - त्यसले चराचुरुङ्गी, मुसा, झिंगा र अन्य किराहरूलाई आकर्षित गर्छ, जसबाट रोगहरू फैलन सक्ने सम्भावना रहन्छ l
केही गरेर पनि जोगाउन नसकिने र बिक्री पनि नहुने सागसब्जीको हकमा भने फुड-ब्यांक (खाध्य बैंक) हरूलाई दान गर्न सकिएला l यति बेला कोही कसैले खान पाइरहेका छैनन्; अरु बेलामा पनि त्यस्ता असहायहरू धेरै हुन्छन् l विदेशतिर कुनै पनि खानेकुराको प्रयोग गर्न मिल्ने मिती सकिन सकिन लाग्ने बेला हुन थालेपछि पहिला त्यसको ब्यापक रुपमा मूल्य घटाएर बेच्ने कोसिस गरिन्छ, त्यसरी पनि बिक्री नभए मिति बाँकी रहँदा नै खाध्य बैंकहरूलाई दिने चलन छ, यदि खाध्य बैंकहरूलाई पनि नचाहिने अवस्था आयो भने मात्रै बल्ल डम्प (फ्याँक्नु) गर्ने प्रचलन छ l तपाईंहरूले पनि फाल्नु भन्दा त्यस्ता सित्तैमा खाना वितरण गरिरहेका फुड-बैंकहरूलाई दान गर्न सक्नुहुन्छ l हाम्रोमा मात्रै हैन, हाम्रो जस्तो धेरै विकासोन्मुख रास्ट्रहरूमा चिस्यानकेन्द्रहरूको अभावका कारण कटनी गरिसकिएको फसल धेरै मात्रामा खेर जाने गरेको देखिन्छ l विश्वकै तथ्यांक हेर्ने हो भने पनि झन्डै एक-तिहाई खाद्यान्न बिभिन्न चरणमा नास हुने गरेको देखिन्छ l
यसरी नास भएर जाने यी कार्बोहाइड्रेट-युक्त बायोमास नवीकरणीय उर्जा उत्पादनको लागि शक्तिशाली उपस्तर (सबस्ट्रेट) को रुपमा काम लाग्न सक्ने अध्ययनहरूले देखाएको छ l तर हाम्रो देशमा त्यस्तो उर्जा उत्पादन गर्ने प्लान्ट (कारखाना) हरू छन् भन्ने कुरा मैले सुनेको छैन; परिक्षण त नास्टले गर्दै आइरहेको नै छ l नत्र बायोमिथेन, बायोडिजेल, बायोईथ्यानोल, बायोब्युट्यानोल र बायोहाइड्रोजन बनाउन यिनका प्रयोग गर्न सकिने थियो भन्ने कुरा अध्ययनहरूले देखाएको छ l यस्ता वातावरण-मैत्री बायोफ्युल प्लान्टहरू निर्माण हुन्थे भने पनि केही न केही मूल्य त पक्कै पाउनुहुन्थ्यो होला, खेर जाने तरकारी र फलफूल बापतै पनि l
अर्को हुन नसकेको कुरा - तपाईंहरूको लागि अन्तर्राष्ट्रिय बजारको ढोका खुलेको छैन l हाम्रो ठुलो बाह्य कृषि बजार भनेको भारत नै हो, जहाँ कृषि-उत्पादनको हकमा हामी केही सिमित वस्तुहरूमात्रै निर्यात गर्छौं, जस्तै: चियापत्ती, अलैंची, अदुवा, मुसुरो, फलफुलको जुस, चाउचाउ, सुपारी, आदि l बजार तेस्रो मुलुक सम्मै हुन्थ्यो भने क्यान (स्टिल तथा टिनको डिब्बा) मा राखेर पनि आरामले पुर्याउन सकिन्थ्यो विश्व बजारमा l समृद्द देशहरूमा सैयौं वर्षदेखि क्यानमा राखिएको खानेकुरा प्रयोग गर्ने प्रचलन छ । अब त्यो सम्बन्धी पनि ज्ञान लिनु पर्ने हो कि; देशै भित्र पनि डिपार्टमेन्ट स्टोर (प्राय सबै कुरा राखिने ठुला खाध्य पसलहरू) ले क्यान्ड-फुड (क्यानमा राखिएको खाने कुरा) बेच्न थालिसकेका छन् l
दु:खको कुरा, देश भित्रको आपूर्ति श्रृंखला चुस्त दुरुस्त हुन नसक्दा कतिपय तरकारी स्वदेशमै उत्पादन हुँदा हुँदै पनि आयात गर्नु पर्ने नियति छ हाम्रो । मतलब, यता तपाईंहरूको प्याँज र काउली खेर गइरहेको हुन्छ उताबाट त्यही भित्रिन्छ स्वदेशमा टनका टन l अघिल्लो आर्थिक बर्षमा मात्रै हाम्रो देशले झन्डै साँढे २ खर्बको खाध्यवस्तु किन्यो l त्यो भनेको १५ खर्ब बजेटको १६.६७% हो l यस्ता आँकडाले नेपाल ‘कृषिप्रधान देश’ हो भन्ने पुरानो नारालाई कुरीकुरी भनिरहेको छ l “नीति अनुसन्धान प्रतिस्ठान”ले गत साता भर्चुअल प्लेटफर्म मार्फत ५० वटा सरोकारवाला संघ संघठनहरूलाई राखेर छलफल गर्यो हाम्रो आपूर्ति नीति कस्तो हुनुपर्छ भन्ने बारेमा l देशभित्र उत्पादन बढाउने र आपूर्ति श्रृखला चुस्त दुरुस्त राखेर नै यो चरम ब्यापार घाटालाई न्यूनीकरण गर्न सकिने धरै सहभागीहरूको सुझाव आयो l आशा गरौं परिमार्जन हुने आपूर्ति नीतिले त्यो कुराको हेक्का राख्नेछ l
अर्को तर्फ यो पनि सत्य हो कि उब्जनी गर्ने बिषयमा हामी त्यति रणनीतिक छैनौं l कुन कुन खाध्यवस्तु नेपालले बढी आयात गरिरहेको छ, त्यसकै उत्पादनमा बढी जोड दिन सके सजिलै बजार पाउन सकिने सम्भावना हुन्थ्यो l काउली लाउने सिजनमा सबैले काउलीमात्रै उत्पादन गर्नु भन्दा कोहीले प्याज, कसैले गोलभेडा, कोहिले लसुन, कोहिले भेंटा लगाउने हो भने कुनै एउटा उत्पादनको डिमाण्ड (माग) भन्दा सप्लाई (आपूर्ति) अचाक्ली धेरै हुने अवस्था आउने थिएन l
साथै टाढा टाढाबाट सामान भित्र्याउन नपर्दा त्यसले पर्यावरण बचाउनका खातिर महत्वपूर्ण मानिएको फुड-माईल (किसानको खेतदेखि उपभोक्ताको चुलोसम्म पुग्न खाध्यवस्तुले यात्रा गर्ने दुरी) घटाउन समेत मद्दत गर्थ्यो l एक ट्रक प्याज भारतको महाराष्ट्रबाट काठमाडौं ल्याइ पुर्याउँदा २,००० किमीको यात्रा गर्नुपर्छ र त्यसले उक्त अवधिमा १.३ टन ग्रिनहाउस ग्याँस (कार्बनडाइअक्साइड) फ्याँक्छ l यसरी टाढा-टाढाबाट खाध्यवस्तु आयात गर्दा एक त ढुवानी खर्च लगायत ६/७ तहमा देखापर्ने ब्यापारीको फाईदा जोडेर उपभोक्ताको हातसम्म आइपुग्दा कृषकले बेचेको मूल्यभन्दा कैयौं गुणा महंगो पर्न जान्छ भने अर्को तर्फ त्यसले अत्याधिक धेरै मात्रामा कार्वन उत्सर्जन गरेर पृथ्वीलाई क्षति पुर्याइरहेको हुन्छ l तसर्थ फुड-माईल घटाउनु पृथ्वी-वासीको साझा दायित्व हुन गएको छ l “गो लोकल” (स्थानीय बन) जस्ता नाराहरूले पनि त्यही कुराको नै पैरवी गर्छ l
तसर्थ आफ्नो आनीबानी सुधारौं र आफू पनि बच्दै पृथ्वीलाई पनि जोगाउन तिर लागौं l यो विषम परिस्थितिमा तपाईंहरूको उत्पादनले बजार नपाउन सक्ने सम्भावना अधिक छ l यद्यपी, हतोत्साहित नभई संयमताका साथ काम गरौँ l “विश्व वातावरण दिवस”को यही छ शुभकामना l
(सेन्चुरी नीति अनुसन्धान प्रतिष्ठानमा विश्लेषकका रुपमा कार्यरत छन्lट्वीटर:@RSenchurey)
(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...
सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...
समाजमा विभिन्न किसिमका मानिसहरू भेटिन्छन्, सबैले आफ्नै कुरालाई ध्यान दिइरहेका हुन्छन् । जहाँकहीँ होस्, चाहे पार्टी, पिकनिक, समारोह, गोष्ठी, भेटघाट सबैतिर आफ्नै बखान गर्छन् आफ्नै नाम, काम, धाम, पेशा र व्यवसायको । ...
कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...
नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...
राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...