२९ असार २०८३, सोमबार

टाउको दुख्ने समस्याबाट यी घरेलु विधि अपनाएर छुटकारा पाउनुहोस्

बैशाख १५, २०७९
टाउको दुख्ने समस्याबाट यी घरेलु विधि अपनाएर छुटकारा पाउनुहोस्

तनाव, पर्याप्त निद्रा नहुनु, धेरै चिच्याउनु, फोनमा धेरैबेर कुराकानी गर्नु, धेरै सोच्नु, थकान, शिरमा रक्तप्रवाह कम हुनुलगायत धेरै कारणले हाम्रो टाउको दुख्ने गर्छ ।
नियमित दुईपटक १० देखि २० मिनेट ध्यान गर्नाले शरीर मन दुबैलाई आराम मिल्छ । शिरमा रक्तप्रवाह बढ्छ । जसकारण तपाईलाई टाउको दुख्ने समस्याबाट राहत मिल्छ

यस्तै टाउको दुख्ने समस्याबाट छुटकारा पाउनका लागि तपाईले शरीरलाई डिहाइडे«ट अर्थात् पानीको कमी हुनबाट बचाउन पनि जरुरी छ । तपाईले पर्याप्त मात्रामा पानी पिउनुस्, जसकारण टाउको दुख्ने समस्याबाट बच्न सकिन्छ ।  
मसल्स र शरीर खुम्चदाँ पनि टाउको दुख्छ । यसका लागि तपाईले थोरै थोरै समयमा स्ट्रेचिङ गर्नु निकै राम्रो हुन्छ । यी उपायहरु अपनाएर तपाई टाउको दुख्ने समस्याबाट राहत पाउन सक्नुहुन्छ ।
टाउको दुख्ने समस्याबाट तत्काल राहत पाउनका लागि यो सफल उपाय हो ।

salt training

कमेन्ट गर्नुहोस्