माघ १८, २०८०
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
जेठ २४, २०७८
पार्टी एकताका लागि ‘जेठ ३ पूर्वको अवस्था’मा फर्किने अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावले नेकपा एमालेमा ठूलो हलचल पैदा भएको छ ।
‘पार्टी जेठ २ बाट धेरै अघि बढेका’ले पुरानो अवस्थामा फर्किन नसकिने अडान राख्दै आएका ओली पहिलो पटक औपचारिक रूपमै ‘जेठ ३ पूर्वको अवस्था’मा फर्किन राजी भएको घोषणा गरे ।
तर, ओलीको प्रस्तावपछि पनि एमाले विवाद समाधान हुने सम्भावना भने देखिएको छैन ।
प्रधानमन्त्री ओलीले दोस्रोपटक प्रतिनिधि सभा विघटन गर्नुअघिसम्म नेपाल पक्षले जेठ २ (तत्कालीन माओवादीसँग एकता गरेर नेकपा गठन गर्नुपूर्वको अवस्था)मा फर्किने कुरालाई ‘बटमलाइन’ बनाएको थियो । एमालेलाई जेठ २ कै अवस्थाबाट अगाडि बढाउन भन्दै दुवै तर्फका पाँच–पाँच जना सदस्य रहेको कार्यदल गठन भयो ।
कार्यदलले काम गरेको भोलिपल्ट माधव नेपाल समूहले बाग्मती प्रदेशमा कांग्रेस र माओवादीका साझा उम्मेदवार खिमलाल देवकोटालाई भोट हालेपछि कार्यदल भाँडियो ।
पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार खडा गरेर आधिकारिक उम्मेदवारविरुद्ध भोट हालेको भन्दै बिग्रिएको वातावरण कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि नेता नेपालसहितका नेताहरू पार्टीबाट निस्कासनमा परे ।
प्रधानमन्त्री ओलीले वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेपछि नेता नेपालले ६ बुँदे प्रस्ताव अगाडि सार्दै अन्यथा सांसदहरूले सामूहिक राजीनामा गर्ने चेतावनीयुक्त वक्तव्य सार्वजनिक गरेका थिए ।
झण्डै एक महिनापछि ओलीले ६ बुँदामै खनाल नेपाल पक्षसँग एकताको अपिल गरे । ओलीको प्रस्ताव अस्वीकार गर्दै ६ बुँदामै जवाफ फर्काउने निर्णय भएको स्थायी कमिटी सदस्य बेदुराम भुसालले लोकान्तरलाई बताए ।
राष्ट्रिय सभा निर्वाचनको पूर्वसन्ध्यामा पनि ओलीले अपिल प्रकाशित गरी पार्टी एकताका लागि भन्दै आह्वान गरेका थिए ।
'राम्रो निर्णय, तर ढिलो आयो'
यसअघि जेठ २ मा फर्किनु पर्ने निर्णयलाई एकसूत्रीय अडान बनाएको खनाल नेपाल पक्षले सोमवार स्थायी कमिटीको बैठकमार्फत ‘जालझेल र तिकडमले भरिएको’ भन्दै ओलीको प्रस्ताव अस्वीकार गर्ने निर्णय गर्यो ।
स्थायी कमिटी सदस्य बेदुराम भुसालका ओलीको प्रस्ताव अस्वीकार गर्ने कुरामा आफूहरू एक मत रहेको जिकिर गरे ।
आइतवार राति ओलीले वक्तव्य जारी गरेलगत्तै खनाल–नेपाल पक्षका स्थायी कमिटी सदस्य योगेश भट्टराईले स्वागत गर्दै सामाजिक सञ्जालमा सन्देश लेखे ।
'नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेकपा एमालेको एकताका लागि आज सार्वजनिक वक्तव्यमार्फत गर्नुभएको आह्वान मूलत सकारात्मक छ ।
कार्यदलस्तरको छलफललाई यो वक्तव्यले पुनः निरन्तरता दिन बाटो खुलेको छ । पार्टीका जिम्मेवार नेता कमरेडहरू सम्मिलित कार्यदलले स्पस्ट गर्नुपर्ने र मिलाउनुपर्ने थप विषयहरूलाई समाधान गर्नेछ ।
सर्वोच्चमा विचाराधीन विषयमा सबै सम्भावनालाई ख्याल गर्दै र मूलत संविधानको रक्षा, लोकतान्त्रिक प्रक्रियाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निष्कर्षमा पुग्नु उपयुक्त हुनेछ । सारमा अध्यक्षको वक्तव्यले पार्टीको शीर्ष नेतृत्वका बीचमा सार्थक संवाद हुनेछ र नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्दत पुग्ने अपेक्षा गर्दछु । हजार माइलको यात्रा पहिलो पाइलाबाट नै शुरू हुन्छ ।'
‘हजार माइलको यात्रा एउटा पाइलाबाट शुरू हुन्छ’ भन्दै योगेशले ओलीको प्रस्तावको स्वागतमा केही शब्द लेखेको भोलिपल्ट खनाल–नेपाल पक्षका ४ जना स्थायी कमिटी सदस्यहरूको भूमिकाबारे विभिन्न टिकाटिप्पणी हुन थाल्यो ।
सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेशले पार्टी एकता जोगाउन भन्दै संस्थापन पक्षका नेताहरूसँग छलफल गरिरहेका थिए ।
बिहीवार र शुक्रवार भएको केन्द्रीय कमिटी सदस्यहरूको छलफलमा चार नेताले आफ्नो स्पष्टीकरण दिएका थिए ।
तर आइतवारको ओलीको प्रस्तावपछि खनाल नेपाल समूहको एउटा तप्का मूलधारमै फर्किन्छ भन्ने टीकाटिप्पणी चलेको थियो ।
त्यो टीकाटिप्पणी खण्डन गर्दै घनश्याम भुसालले आफूहरूविरुद्ध अनर्गल प्रचार भएको भन्दै सामाजिक सञ्जालमार्फत पञ्चायतकालका सुकुलगुण्डाको प्रवृत्ति अहिले हाबी भइरहेको गुनासो गरे ।
'फेरि हाम्रा विरुद्ध अनर्गल प्रचार शुरू भएको छ । हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ ।
पञ्चायत कालमा राजनीतिलाई विकृत बनाउने सत्ता संरक्षित समूह मण्डलेका रूपमा स्थापित भयो । पञ्चायत धराशायी हुनुमा त्यस समूहको कम्ती योगदान थिएन ।
त्यसबेलाका कतिपय पञ्चहरू नै त्यस समूहसँग आजित भएर संसदमै ‘सुकुलगुण्डा’ भनेर विरोध गरेको सम्झिन्छु । आज नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह त खडा भएको छैन ? अनि परिणाम पनि त्यस्तै हुने त होइन ? धेरैजसो सपेराहरू सर्पबाटै टोकिएका छन् ।'
किन बिच्कियो नेपाल समूह ?
स्थायी कमिटी सदस्य बेदुराम भुसालका अनुसार अध्यक्ष ओलीको प्रस्ताव पार्टीलाई साँच्चिकै एकतबद्ध बनाएर लैजानेभन्दा विवाद टालटुल पारेको देखाउने किसिमले आएकाले अस्वीकार गर्ने निर्णय भएको हो । ओली आफू अप्ठ्यारोमा परेपछि पासा फालेको खनाल नेपाल समूहको निष्कर्ष छ ।
‘ओलीको प्रस्ताव एकताको पक्षमा देखिएन, टालटुल पार्ने खालको भयो, जेठ २ मा फर्किने भनिएपनि नेकपाको एकता भएपछि थपिएका केन्द्रीय सदस्यलाई कायम राख्ने कुरा स्वीकार्न सकिँदैन । भातृ संगठनको बारेमा पनि मूलभूतरूपमा भनिएको छ ? के हो त्यो मूलभूत रुपमा भनेको ?यसरी गोलमाल भाषाले हुँदैन,’ भुसालले लोकान्तरसँग भने, ‘अर्को बुँदामा अब कारवाही गरिने छैन भनिएको छ, यसअघिको बारेमा बोलिएको छैन । यदि एकता गर्ने हो भने यसअघिको ६ बुँदेको आधारमा हुनुपर्छ ।’
खनाल नेपाल समूहका अर्का एक प्रभावशाली नेताका अनुसार ओलीले गरेको प्रस्तावमा ‘जेठ ३ पूर्व’को भनिएकाले आशंका जन्माएको छ ।
२०७१ सालको महाधिवेशनबाट बनेको स्थायी कमिटीलाई निरन्तरता दिने नभई नेकपा हुँदाको केन्द्रीय समितिका एकता पक्षधरलाई भनेपछि शंका गर्ने ठाउँ रहेको उनले बताए ।
‘जेठ ३ गते एकता गर्दा थपिएका केन्द्रीय सदस्यलाई कायम राखेर आफ्नो पक्षमा बहुमत सिद्ध गर्ने कोशिश भयो । फागुन २८ देखि चैत १० गते गरिएको भनिएको केन्द्रीय समितिको निर्णय यथावत राखेर कसरी सहमति जुट्छ ?’ ती नेताले प्रश्न गरे ।
मातहतका कमिटी र जनसंगठनलाई मूलभूत रूपमा जेठ ३ गते पूर्वको अवस्थामा फर्काइनेछ भन्नुको अर्थ आफ्नो पक्षका संगठनलाई यथावत राख्न खोजिएको आशंका खनाल नेपाल पक्षको छ ।
‘मूलभूत भन्नुको अर्थ आफूले चाहेको संगठनलाई क्रियाशील बनाउने बाहेक के हुनसक्छ ? यस्तो अमूर्त भाषा किन ?’ खनाल–नेपाल पक्षका अर्का एक स्थायी कमिटी सदस्यले भने ।
र, ओलीले अगाडि सारेको मुख्य शर्त आफ्नो पार्टीका प्रधानमन्त्रीलाई हटाएर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन भनेर गरिएको हस्ताक्षर फिर्ता गर्नुपर्ने थियो । ‘असंवैधानिक ढंगले गरिएको विघटन सच्चाउनका लागि सर्वोच्चमा हस्ताक्षर बुझाइएकाले, प्रतिनिधि सभा विघटन ओलीले फिर्ता लिए हस्ताक्षर फिर्ता हुन्छ,’ भुसालले भने ।
देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ताको शर्तसहित ओलीको वक्तव्य आएको भोलिपल्ट नेता नेपालले बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अपराह्न देउवासँग भेट गरेर हस्ताक्षर फिर्ता नगर्ने अडानमा कायम रहेको बताएका छन् ।
जेठ २३ गते गरिएको ओलीको दोस्रो अपील अस्वीकार गरेपछि एमाले विवाद झनै पेचिलो बन्दै गएको विश्लेषण गर्न थालिएको छ ।
हेर्नुहोस्, ओलीले गरेको आह्वान :
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...