११ साउन २०८३, सोमबार
प्रदेशमा कांग्रेस-एमाले खटपट

लुम्बिनी सरकारबाट बाहिरिने कांग्रेसको तयारी- नेकपालाई मनाउने एमालेको प्रयास !

असार ३२, २०८३
बुटवल
लुम्बिनी सरकारबाट बाहिरिने कांग्रेसको तयारी- नेकपालाई मनाउने एमालेको प्रयास !

प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको गठबन्धनमा समस्या आएसँगै प्रदेशमा सरकार फेरबदलको खेल शुरू भएको छ । पार्टी केन्द्रको निर्णयअनुसार कांग्रेस प्रदेश सरकारबाट बाहिरिने तयारीमा छ । 

प्रदेशमा कांग्रेस संसदीय दलका बैठकहरू बसिरहेका छन् । कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज दिउँसो बस्ने संसदीय दलको बैठकबाट मन्त्री र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय हुन सक्ने बताए । उनले भने, ‘आज दिउँसो बस्ने बैठकले टुंगो लाग्छ ।’ 

सत्ता साझेदार कांग्रेसको समर्थनमा ७ साउन २०८१ मा एमालेका चेतनारायण आचार्य लुम्बिनीको मुख्यमन्त्री नियुक्त भएका थिए । लुम्बिनी प्रदेश सरकारमा कांग्रेसका ५ जना मन्त्री सहभागी छन् । 
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा अहिले ८३ सदस्य मात्र कायम छन् । जसमध्ये एमालेका २९, कांग्रेसका २७ र नेकपाका १३ सदस्य छन् । नेकपाका १३ मध्ये एक जना सभामुख हुन् । 

कांग्रेसले समर्थन फिर्ता लिएपछि एमालेले सत्ता साझेदारी गर्न नेकपासँग प्रयास गर्नेछ । लुम्बिनी प्रदेशका मन्त्री तुलसी चौधरीले पुरानो साझेदारी कांग्रेसले नतोडोस् भन्ने पक्षमा एमाले रहेको बताए । 'अहिले हामी पर्ख र हेरको अवस्थामा छौं, कांग्रेस सरकारबाट बाहिरिए सत्ता सहकार्यको लागि नेकपासँग प्रस्ताव गर्न सक्छौँ,’ उनले भने । 

लुम्बिनीमा साना दलहरू पनि छन । प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ४, जनता समाजवादी पार्टी नेपाल २ जनमत पार्टी ३, जसपा १ राष्ट्रिय जनमोर्चा र स्वतन्त्र १ सांसद छन् ।

salt training

कमेन्ट गर्नुहोस्