×

NMB BANK
NIC ASIA

प्राधिकरणलाई 'हाराबारा' खेलाउँदै काग : नांगो तारमा बसिदिँदा झ्याप्पझ्याप्प जान्छ बत्ती !

जेठ २५, २०७८

NTC
Premier Steels

मंगलवार बिहान ६ बजेर ५८ मिनेट जाँदा बल्खु पुलदेखि बागडोल क्षेत्रमा अकस्मात् बिजुली आपूर्ति रोकियो । 

Muktinath Bank

मर्मतका लागि भन्दै विद्युत प्राधिकरण पुल्चोकको मर्मत टोली त्यस क्षेत्र पुग्दा विद्युत्को तारमा काग मरेको पाइयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘विद्युतको नाङ्गो तारमा काग बसेपछि लाइन सर्ट हुने र बत्ती नआउने समस्या भएको थियो,’ नेपाल विद्युत् प्राधिकरण पुल्चोकका एक कर्मचारीले लोकान्तरसँग भने । 


Advertisment
Nabil box
Kumari

यद्यपि यो समस्या छिट्टै पहिचान भएकाले धेरै बेर बत्ती जान पाएन । बिहान ७ बजेर ३ मिनेटमै बत्ती आएको नोलाइटमा रेकर्ड छ । 

Vianet communication

तर, विद्युत् जाने क्रम भने रोकिएन । 

रिङरोड फिडर अर्थात् बल्खु पुल पारीदेखि बागडोल क्षेत्रमा पुनः बत्ती गयो । करीब एक घण्टाको मर्मतपछि त्यस क्षेत्रमा बिहान ८ बजेर ५ मिनेटमा बत्ती आएको प्राधिकरण पुल्चोकका इञ्चार्ज जितेन्द्र मण्डलले लोकान्तरलाई जानकारी दिए । 

तर, यस बीचमा अन्त पनि विद्युत गइसकेको थियो । रिङरोड क्षेत्रमा बत्ती गएकै समयमा यता कुपण्डोल क्षेत्रमा पनि बत्ती गयो । यस क्षेत्रमा बिहान ७ बजेर ४५ मिनेटमा विद्युत् अवरुद्ध भएको नोलाइटका एक कर्मचारीले लोकान्तरलाई बताए ।  

बत्ती जानुको कारण के थियो रु ती कर्मचारीले भने, ‘पाटनढोका नजिकैको पोलमा विद्युत्को तारमा काग बसेछ, त्यसपछि विद्युत शर्ट भयो ।’

९ बजेर ३० मिनेटमा त्यस क्षेत्रमा बत्ती आयो । तर यस क्षेत्रमा बत्ती जाने क्रम भने रोकिएन ।

यस्तै सवा ९ बजे पाटन ढोकामा पनि विद्युत् कटौती भयो । 

यस क्षेत्रमा भने जम्पर गएकाले विद्युत् अवरुद्ध भएको इञ्चार्ज मण्डलले जानकारी दिए । 

यी त प्रतिनिधि घटना मात्रै हुन्  । 

मंगलवार ललितपुरको सानेपा, गाःबहाल, पाटन ढोका, कुपण्डोल लगायतका विभिन्न स्थानमा विद्युत् अवरुद्ध भयो । जसमा कतिपय कारण भने उही र उस्तै थिए ।

‘बिहानको समयमा तारमा काग बसेपछि विद्युत् अवरुद्ध भयो, यति धेरैपटक अरू बेलामा बत्ती गएको थिएन,’ नोलाइटका एक कर्मचारीले लोकान्तरसँग भने । 

यता इञ्चार्ज मण्डलले कतिपय ठाउँमा नांगो तार भएकाले पनि ओभर हेड लाइनमा समस्या आइरहने बताए । उनले अहिले भने कतिपय यस्ता लाइनमा कभर्ड गरेर सामान्य समस्याहरूलाई छेकेपनि कतिपय ठाउँमा यस्तो नभएको बताए । 

‘आज संयोगले यस्तो हुन पुग्यो, बिहान एक टोली मात्र मर्मत गर्न निस्कने गरेको छ, एकातिर मर्मतका लागि निस्कँदा अर्कातिर पनि समस्या आइदियो,’ उनले भने ।

ललितपुरमा मात्रै हैन मंगलवार नै काठमाडौं तथा भक्तपुरका विभिन्न क्षेत्रमा विद्युत् अवरुद्ध भयो । 

पटक–पटक विद्युत् गइरहेको अवस्थामा विद्युत प्राधिकरणले भने अहिले कम मात्रै विद्युत कटौती हुने गरेको दाबी गरेको छ । 

यता विद्युत प्राधिकरणका प्रवक्ता मदत तिम्सिनाले विद्युत अवरुद्ध भएको आफूलाई जानकारी नभएको बताए । लोकान्तरसँग उनले भने, ‘म बस्ने एरिया लोकन्थलीमा त बत्ती गएको थिएन, अन्त पनि बत्ती गएको सूचना मलाई आएको छैन ।’

‘अहिले गुनासो पनि थोरै छ, प्राधिकरणले यसमा काम गरिरहेको हुन्छ,’ प्राधिकरणका गुनासो सुन्ने एक कर्मचारीले लोकान्तरलाई बताए । 

ती कर्मचारीका अनुसार दिनमा विद्युतबारे १५ देखि २० वटामात्रै गुनासो आएको छ । 

यस्तो छ, शटडाउन तालिका 

प्राधिकरणले कतिपय विद्युत् कटौतीबारे पूर्व जानकारी दिएपनि अधिकांश भने विना जानकारी नै झ्याप्पझ्याप्प गइरहन्छ । 

आजैका माथि उल्लेखित विद्युत् कटौतीका घटनाहरू जानकारीविनाका हुन् । 

प्राधिकरणले काठमाडौं उपत्यकालगायत अन्य स्थानमा पनि मंगलवार विद्युत् कटौती गरेको छ । जसमध्ये केहीको सूचना भने उसले जारी गरेको छ । 

हेर्नुहोस् सूचना :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x