२२ असार २०८३, सोमबार

नीति कार्यक्रमको बिपक्षमा उभिन जसपाको ह्वीप

नीति कार्यक्रमको बिपक्षमा उभिन जसपाको ह्वीप

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रमको विपक्षमा उभिन लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)ले ह्वीप जारी गरेको छ । लुम्बिनी प्रदेशमा अहिले दुई विभाजित छ । 

महन्त ठाकुर पक्षमा ४ जना सांसद सरकारमा छन । भने, उपेन्द्र यादव पक्षमा २ सांसद प्रतिपक्षमा छन् ।

यादव पक्षीय जसपा प्रमुख सचेतक पुर्मती ढेंगा मगरले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेकी हुन् ।

प्रमुख सचेतक मगरले जसपा संसदीय दलका नेता सहशराम यादवको निर्देशनमा उक्त ह्वीप जारी गरेको उल्लेख गरेकी छन् । 

लुम्बिनीमा मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको मन्त्रिमण्डलमा जसपाका सांसद विजयकुमार यादव, सुमन शर्मा रायमाझी, सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डेय सहभागी छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्