१२ असार २०८३, शुक्रबार

चीनमा २.६५ करोड वर्षपहिले घुम्थ्यो २३ फीट अग्लो गैंडा

भदौ २३, २०७८
चीनमा २.६५ करोड वर्षपहिले घुम्थ्यो २३ फीट अग्लो गैंडा

चीनको गान्सु प्रान्तमा जीवाश्मशेष विज्ञहरूले प्राचीन विशाल गैंडाको खोज गरेका छन् । 
 

लिनजिया बेसिनमा पाइएको अवशेष २.६५ करोड वर्ष पुरानो छ । यस्ता विशालकाय गैंडाहरू तिब्बतको पठारमा करोडौं वर्षपहिले पाइने गर्थे । 

चाइनिज एकेडमी अफ साइन्सेजका जीवाश्मशेष वैज्ञानिक ताओ तङ र उनको टोलीले यस अवशेषलाई खोजेको हो । यस जीवनलाई इन्ड्रिकोथरस पनि भनिन्छ । प्राचीन गैंडाको हालै भेटिएको प्रजातिलाई पारासेराथिरियम लिन्सीएन्स नाम दिइएको छ । 

ताओले यसको खोज सन् १९८० देखि गरेकोमा अहिले आएर सफलता हात पारेका हुन् । यस गैंडाको सिंग अहिले पाइने गैंडाको जस्तो हुँदैनथियो । यो कताकता घोडा जस्तो देख्न्थ्यिो । 

जंगलमा घुम्ने यो गैंडाले अग्ला रुखका हाँगामा भएका पात र फल खाने गर्थ्यो । 

ताओले यस विशालकाय गैंडाको खप्पर र चिउँडोको हाड सुरक्षित अवस्थामा फेला पारेका हुन् । ताओका अनुसार, यस गैंडाको तौल २१ टन जति हुनुपर्छ । 

त्यतिखेर पृथ्वीमा हुने स्तनधारी जीवमध्ये यो सबभन्दा विशालमध्ये एक हुनुपर्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्