रक्सीको ह्याङओभर हटाउनका लागि कफी सर्वोत्तम पेयपदार्थ भएको वैज्ञानिकहरूले बताएका छन् ।
कुनै रात जमेर रक्सी पिउनुभएको छ भने भोलिपल्ट तीनदेखि चार कप कफी पिउन उनीहरूले सुझाव दिएका छन् ।
कफीले ह्याङओभर त हटाउँछ नै, कलेजो पनि दुरुस्त राख्न मद्दत गर्छ ।
कफीमा भएको काहव्योल र काफेस्टोलले कलेजोको मर्मत गर्न मद्दत गर्छन् ।
आँकडा हेर्दा दिनको तीनदेखि चार कप कफी पिउँदा कलेजोको समस्याबाट हुने मृत्युलाई आधा घटाउँछ ।
मानिसको कलेजोमा गम्भीर समस्या रक्सी पिउनाले हुने गर्छ ।
बेलायतबाट प्रकाशित हुने बीएमसी पब्लिक हेल्थ जर्नलको अध्ययनले कफी पिउनेहरू कलेजोको दीर्घरोगबाट कफी नपिउनेभन्दा २१ प्रतिशत कम प्रभावित भएको देखाएको छ ।
अध्ययन साउथह्याम्पटन र एडिनबरा विश्वविद्यालयका अनुसन्धाताहरूले गरेका हुन् । उनीहरूले एक दशकको अवधिमा लगभग पाँच लाख मानिसको अध्ययन गरेका हुन्।
अध्ययनले जेसुकै भने पनि रक्सी पटक्कै नपिउन लोकान्तर आफ्ना पाठकहरुलाई सुझाव दिन्छ ।