१५ असार २०८३, सोमबार

भारतको गाउँमा ८०० किलो गोबर चोरी भएपछि हंगामा

असार १०, २०७८
भारतको गाउँमा ८०० किलो गोबर चोरी भएपछि हंगामा

भारतको छत्तीगिढ राज्यमा रहेको धुरेना गाउँबाट ८०० किलो गोबर चोरी भएपछि चोरहरूको व्यापक खोजतलाश गरिँदैछ । 

गाउँलेहरूले आफ्नो भण्डारबाट त्यति धेरै गोबर चोरी गरिएको गुनासो प्रहरीसमक्ष गरेका थिए । 

राति आएर चोरहरूले गोबर उडाएका थिए । 

‘हामीले केही आरोपितहरूलाई सोधपुछ गरेका छौं तर कसैलाई पक्राउ गरिएको छैन,’ स्थानीय प्रहरी अधिकृत हरीश तान्डेकरले बताए । 

यति धेरै गोबर कसरी चोरी गरेर चोरहरूले लान सके अनि किन चोरेका हुन् भन्ने स्पष्ट नभएको उनले थपे । 
 

कम्पोस्ट मल नबाउनका लागि छत्तीसगढ सरकारले प्रतिकिलो दुई भारुका दरले किसानहरूबाट ताजा गोबर किन्ने गरेको छ । 

हालैका वर्षमा धेरै भारतीय राज्यहरूले किसानहरूलाई प्रांगारिक खेतीका लागि गोबर बेच्न उत्प्रेरित गरिरहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्