×

NMB BANK
NIC ASIA

कटिया नेपालको तराई जिल्ला रौतहटमा पाइने निकै लोकप्रिय परिकार हो । अहिले कटिया जिल्लामा मात्र सीमित नभई राजधानी काठमाडौं र अन्य शहरमा पनि धेरै प्रचलनमा आउन थालेको छ । 

Muktinath Bank

नेपालका राजवंशी तथा ताजपुरिया समाजको मौलिक खाना खसीको कटिया निकै स्वादिष्ट र स्वास्थ्यबर्द्धक पनि छ । कटिया नेपालमा मात्र नभई भारतको आसाम र बंगलादेशमा समेत प्रसिद्ध छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कटिया बनाउँदा चाहिने सामग्रीः


Advertisment
Nabil box
Kumari

ताजा डाइस काटेको खसीको मासु आधा किलोग्राम, प्याज डाइस काटेको १५० ग्राम, अदुवा लसुन पेस्ट डेढ चिया चम्चा, तोरीको तेल ४० एमएल, नून स्वाद अनुसार, बेसार आधा चिया चम्चा, जिराको धुलो १ चिया चम्चा, धनियाँको धुलो डेढ चिया चम्चा, खुर्सानीको धुलो १ चिया चम्चा, तेजपात २ पिस, मिक्स गरम मसलाको दाना ७ ग्राम, मिक्स गरम मसलाको धुलो आधा चिया चम्चा, सुकेको खुर्सानी २ पिस ।

Vianet communication

कटिया बनाउने विधिः

कटिया बनाउन एक किसिमको स्पेसल माटोको भाडो हुन्छ । जसमा बिर्को अनिवार्य हुन्छ । कटिया पकाउनुभन्दा आधा घण्टा अगाडि माटोको भाडोलाई पानीमा भिजाएर राख्नुपर्छ र मासुलाई पनि सम्पूर्ण मसला, नून, बेसार, अदुवा, लसुन, प्याज हालेर तोरीको तेल धुवा आउने गरी तताएर मासुमा झानेर आधा घण्टा अगाडि नै मोलेर राख्नुपर्छ । भिजाएको माटोको भाडोमा खाँदेर मिलाउनुपर्छ । 

आधा किलोग्राम मासु २ वटा माटोको भाडोमा अटाउनुपर्छ र यो २ वटा अडरका लागि पुग्छ । यसरी माटोको भाडोमा खादेर मोलेको मासु हाल्दा बिर्को लगाउन मिल्ने गरी अलि कम हाल्नुपर्छ । सम्पूर्ण रूपमा तयार हुनासाथ पूर्व तयारी अवस्थामा बालेर राखेको आगोको भुंग्रोमा राखेर एक घण्टा आरामसँग पकाउने ।

एक घन्टापछि यो तयार हुनासाथ तातो–तातो भुजा सेट वा चिउराका साथ खान सकिन्छ । कटिया निकै स्वादिष्ट परिकार हो । आगोको भुंग्रो या चारकोल नहुने ठाउँमा चुलोमा पनि पकाउन सकिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x