१५ असार २०८३, सोमबार

त्रिभुवन विश्वविद्यालय र फाउन्डेसनबीच छात्रवृत्तिमा समझदारी

असार १२, २०७८
त्रिभुवन विश्वविद्यालय र फाउन्डेसनबीच छात्रवृत्तिमा समझदारी

त्रिभुवन विश्वविद्यालयका विभिन्न विभाग र मदन भण्डारी फाउन्डेसनबीच विद्यार्थीलाई अध्ययन र अनुसन्धानका लागि छात्रवृत्ति प्रदान गर्ने सम्बन्धी समझदारी भएको छ ।

फाउन्डेसनद्वारा शनिवार आयोजित ‘जनताको बहुदलीय जनवाद र शिक्षामा अनुसन्धानको महत्त्व’  विषयक छलफल कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ र विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाका उपस्थितिमा फाउन्डेसनका सचिव पेम्बा लामा तथा विश्वविद्यालयका विभिन्न विभागका प्रमुखबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा मन्त्री श्रेष्ठले सरकारले फाउन्डेसनले ल्याउने योजना र प्रस्तावमा सहकार्य गर्न सक्ने बताए ।

त्रिविका भौतिक शास्त्रका प्रा.डा. विनिल अर्यालले नेपालको पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय विश्वमै रहेका विश्वविद्यालयमध्ये ८००–१००० श्रेणीभित्र पर्न सफल भएको र यो क्रम सुधारोन्मुख रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्