१५ असार २०८३, सोमबार

पाठ्यपुस्तकमा पुरानै नक्साको तस्वीर प्रकाशन गरिएपछि अनुगमन

असार १२, २०७८
पाठ्यपुस्तकमा पुरानै नक्साको तस्वीर प्रकाशन गरिएपछि अनुगमन
प्रतिकात्मक तस्वीर

शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा रहेको अनुगमन समितिले विद्यालय तहका पाठ्यपुस्तकको बजारमा देखिएका मनोमानीबारे अनुगमन प्रारम्भ गरेको छ ।

केन्द्रका महानिर्देशक एवं अनुगमन समितिका संयोजक वैकुण्ठ अर्यालको नेतृत्वमा शनिवार काठमाडौंको भोटाहिटी बजारमा अनुमगन गर्दा कतिपय पसलका पुस्तकमा मूल्यसूचीमा कालो पोतिएको, तोकिएभन्दा बढी मूल्य कायम गरेको, नेपालको पुरानै नक्साको तस्वीर प्रकाशन गरेको पाइएको छ ।

अनुगमन समितिका सदस्य एवं नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीका अनुसार अनुगमनलाई निरन्तरता दिई कारबाहीका लागि प्रतिवेदन तयार गरिने छ ।

salt training

कमेन्ट गर्नुहोस्