०१ असार २०८३, सोमबार

विवेकशील साझा युवा संगठन कास्कीले भन्यो- फेवातालको अतिक्रमण बन्द गर

विवेकशील साझा युवा संगठन कास्कीले भन्यो- फेवातालको अतिक्रमण बन्द गर

विवेकशील साझा युवा संगठन कास्कीले फेवातालको अतिक्रमण बन्द गर्न माग गरेको छ। 

आज एक प्रेस विज्ञप्ति जारी गर्दै संगठनले भू-माफिया र राज्यका केही गैरजिम्मेवार व्यक्तिहरूको मिलेमतोमा फेवाताल दिनानुदिन अतिक्रमण भइरहेको भन्दै त्यो रोक्न माग गरेको हो। 

‘२०१८ सालमा फेवातालको क्षेत्रफल चार वर्ग मिल अर्थात् झन्डै २२ हजार रोपनी रहेको तथ्यांक सार्वजनिक भएको थियो। तर, २०१८ सालदेखि अहिलेसम्म फेवातालको क्षेत्रफल ११ हजार २०० रोपनी मात्र रहेको तथ्यांक संघीय मन्त्रिपरिषद्को बैठकले गत फागुन ११ गते सार्वजनिक गरेको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘६० वर्षको अन्तरालमा झण्डै आधा फेवाताल अतिक्रमण भएको कुरा तथ्यांकबाट प्रस्ट देखिन्छ। तर पनि यस विषयमा सम्बन्धित निकाय मौन बस्नुमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’

फेवाताल संरक्षण तथा व्यवस्थापनको लागि सम्बन्धित निकायहरूमा सचेत गराउँदै स्थानीय सचेत नागरिक, बुद्धिजीवी वर्ग तथा युवाहरूसँग विवेकशील साझा युवा संगठनले अपिलसमेत गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्