×

NMB BANK
NIC ASIA

दु:खी-गरीबको पीडा

निषेधाज्ञाले लगाएको ऋण तिर्न न्युरोडमा भारी कुरिरहेका भरियाहरूको कथा [भिडियो]

असार २२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

अछामका वसन्त थापाको दैनिकी बिहान ४ बजेबाट शुरू हुन्छ । झिसमिसेमै नाम्लो च्यापेर घरबाट निस्किने उनी साढे २ घण्टा पैदल हिँडेर न्युरोड आइपुग्छन् ।

Muktinath Bank

न्युरोडमा उनको काम भारी बोक्ने हो । भरियाको काम गर्न थालेको ६ महिना मात्र भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुरूआती एक-दुई महिना दिनभर खटिँदा घर खर्च चलाउन सकिने कमाइ भएको थियो ।


Advertisment
Nabil box
Kumari

तर, कोरोनाको दोस्रो लहरका कारण निषेधाज्ञा घोषणा गरिएपछि उनको रोजीरोटी नै खोसियो ।

Vianet communication
Laxmi Bank

काठमाडौं आएदेखि नै उनले यस्तै अनेक दु:खको सामना गरेका छन् ।

शुरूमा चियापत्ती उद्योगमा भारी बोक्ने काम गरे । तर त्यहाँ पाउने ज्यालाले छाक टार्न नै मुस्किल हुन्थ्यो ।

त्यसपछि उनले पेप्सीकोलामा भारी बोक्ने काम गरे । तर त्यहाँ आफ्नो मान्छे घुसाउन आफूलाई निकालिएको उनको गुनासो छ ।

अनेक हण्डर खाएर उनी घर फर्किए । तर, कमाइ नहुँदा घर चलाउन मुस्किल भयो । अनि परिवार नै लिएर फेरि काठमाडौं हानिए ।

त्यसपछि हो उनले न्युरोडमा भारी बोक्न थालेको । खटिन सक्दा काम जसोतसो मिलेकै थियो, तर कोरोनाको दोस्रो लहरले उनलाई निकै समस्यामा पारेको छ ।

'छोराको स्कूलबाट तारन्तार फोन आउँछ । फिस चाँडो नतिरे निकालिदिनेसम्मको धम्की दिन्छन्,' थापाले भने, 'कोठा भाडा नतिरेको चार महिना भैसकेको छ । यता पनि नयाँ मान्छेलाई काम पाउन गाह्रो छ ।'

निषेधाज्ञा खुकुलो भएपछि उनले कमाएर छोराको स्कूल फी, घरभाडा तथा अन्य दायित्वहरू पनि पूरा गर्नुछ ।

सोही कारण झरी बादल वा घाम नभनी कामको प्रतीक्षामा छन् ।

***

उदयपुरको कटारीका केशव मगरको गुनासो पनि उस्तै छ । पहिला उनी घर बनाउने ज्यामी काम गर्थे ।

काम गरेको पैसा उठाउनै मुश्किल परेकाले उनी दिक्क भएर भरिया काममा लागे ।

दिनभर पसिना चुहाउँदा जसोतसो घर खर्च चलेकै थियो । तर, कोरोना महामारीले गर्दा हातमुख जोर्नै मुस्किल पर्न थाल्यो ।

पहिला काम गरेको ठाउँबाट अझै पैसा उठेको छैन । कोठा भाडा नतिरेको पनि ६ महिना भैसकेको उनको गुनासो छ ।

'त्यो (पहिला काम गरेको) पैसा उठेको भए पनि अहिले ऋण गर्न पर्दैनथ्यो,' उनले भने ।

हातमुख जोर्नका लागि नै लिएको ऋण तिर्न उनी काम खोज्दै राति २ बजे नै कालिमाटी पुग्छन् ।

झिसमिसे नहुँदै तरकारीको भारीलाई गन्तव्यमा पुर्‍याइसक्ने उनी त्यसपछि न्युरोड आउने रहेछन् ।

***

यस्तै पीडा विगत ३७ वर्षदेखि ज्यामी काम गर्दै आएका रामेछापका केदार चौलागाईंको पनि छ ।

उनी एक्लैको काँधमा सात जनाको परिवार पाल्नुपर्ने दायित्व छ । छोराछोरीलाई पनि पढाउनै पर्‍यो । ठूलो छोरो अहिले कक्षा १२ मा पढ्छन् ।

पहिले दु:ख गरेर अलिअलि बचाएको पैसाले उनले निषेधाज्ञाको समयमा घरखर्च चलाए । अहिले त भएको पैसा पनि सकियो ।

कामको खोजीमा उनी नाम्लो च्यापेर दिनभर न्युरोडका गल्ली चहार्छन् । कहिलेकाहीँ त काम नै मिल्दैन ।

'काम गर्दागर्दै बुढो हुन थालियो,' उनले भने, 'यहाँ काम गर्न (भारी बोक्न) आउनेहरू नै धेरै भए । काम दिने मान्छे थोरै तर बोक्न आउने धेरै भएपछि काम पाउनै मुस्किल छ ।'

***

न्युरोडमा भेटिने भरियाहरूको एउटै गुनासो हुन्छ, सरकाले दु:खी गरीबलाई हेरेन ।

महामारीको बेलामा समेत राज्यबाट कुनै राहत नपाउँदा उनीहरू निराश छन्, र आक्रोशित पनि ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ७, २०८०

'राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ' अभियानका नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको प्रदर्शनका क्रममा बल्खुमा तनाव उत्पन्न भयो । दुर्गा प्रसाईं, राप्रपा सांसद ज्ञानबहादुर शाहील...

भदौ २६, २०८०

ललितपुरको उत्तर–पश्चिम क्षेत्रमा पर्ने छम्पी क्षेत्र यतिबेला निकै हरियाली, शान्त र मनमोहक देखिन्छ । काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन पाउन मुस्किल भइरहेको बेला छम्पी क्षेत्रका स्थानीयले भने नगदेब...

मंसिर १९, २०८०

पूर्वनिर्धारित डिजाइनअनुसार काम गर्न समस्या भएको भन्दै केही महिनाअघि रोकिएको 'ग्वार्को फ्लाइ ओभर'को (ओभरपास) निर्माण कार्य अहिले द्रुत गतिमा अगाडि बढेको छ । प्राविधिक टोलीले अध्ययन पूरा गरि रि-डिजाइन...

भदौ २५, २०८०

साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका कर्मचारीहरू पक्राउ पर्न थालेपछि उनीहरू आन्दोलित भएका हुन् ।  सामुहिक सरुवा माग गरेका कर्मचारीले सरुवा नभएपछि आइतवारदेखि आन्दोलन श...

माघ ९, २०८०

चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज धोबीखोला सडक) स्तरोन्नतिका लागि भनेर सडक भत्काउन थालेको करिब ५ वर्ष बित्यो, तर पनि मुख्य काम अझै शुरू हुन सकेको छैन । भत्किएको सडकका कारण स्थानीय र यात्रुले ...

माघ ३, २०८०

गत शनिवार दिउँसो चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ पानीघाटका तिलक लामा घरबाहिर घाम तापेर बसिरहेका थिए । उनको आँखा एक्कासि घर पारिको सेतोभीरमा पर्‍यो, जहाँ उनले गाडी गुल्टिरहेको देखे । गाडी तल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x