२० असार २०८३, शनिबार

दार्चुलामा पहिरोले पुरिँदा तीन जनाको मृत्यु

दार्चुलामा पहिरोले पुरिँदा तीन जनाको मृत्यु
फाइल तस्वीर।

दार्चुलामा पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा नौगाड गाउँपालिका–३ खारकी ७२ वर्षीय गेउदी ठगुन्ना, उनकी तीन महिनाकी नातिनी मञ्जरी र जामिर गाउँका २९ वर्षीय लक्ष्मणसिंह सितौली रहेको दार्चुलाका प्रहरी प्रमुख डीएसपी मनोहर भट्टले जानकारी दिए । 

गेउदी र मञ्जरीको घरको माथिबाट आएको पहिरोले पुरिएर मृत्यु भएको हो भने सितौलीको घट्ट जाने क्रममा मृत्यु भएको भट्टले बताए । 

‘घरमा हजुरआमा र नातिनी मात्रै रहेछन्, अरू सदस्य बिहानै मेलापात हिँडेका रहेछन्,’ उनले भने, ‘अर्को घरमा पनि क्षति पुगेको छ तर, त्यहाँ कोही नहुँदा मानवीय क्षति भएन ।’

बुधवार रातिदेखि परेको अविरल वर्षापछि स्थानीय खार र जामिर खोलाले विभिन्न ठाउँमा क्षति गरेको छ । डीएसपी भट्टका अनुसार ३२ किलोवाटको खारखोला लघु जलविद्युत आयोजना बगाएको छ। 

त्यस्तै  खार र जामिर जोड्ने झोलुंगे पुल, दुई वटा घट्ट, तीनवटा आरसीसी पुल, तीन वटा खानेपानी मुहान बाढीले बगाएको छ । त्यस्तै धुलागाडा स्वास्थ्य चौकी पनि जोखिममा रहेको डीएसपी भट्टले बताए । 

salt training

कमेन्ट गर्नुहोस्