१८ असार २०८३, बिहीबार

अमेरिका : यी व्यक्तिले किन जलाउन खोजे चर्च ? (भिडियो)

असार २४, २०७८
अमेरिका : यी व्यक्तिले किन जलाउन खोजे चर्च ? (भिडियो)

अमेरिकाको लस एन्जलसमा नीलो कट्टु मात्र लगाएका एक व्यक्तिले चर्चको भवनमा चढेर त्यसमा आगो लगाउन खोजेको भिडियो सार्वजनिक भएको छ । 

आगो लगाउने कोशिश गरी उनी हतारहतार छतबाट हाम्फाल्दै र बिजुलीको तारमा झुण्डिँदै भागेका थिए । 

घटनाको नाटकीय भिडियोमा पहिचान नखुलेका ती व्यक्ति बोयल हाइट्स चर्चमा चढेर त्यसको छतमा राखिएको क्रसमा आगो लगाउन खोजेको देखिन्छ । 

प्रहरी अधिकृतहरू घटनास्थलमा आएपछि ती व्यक्ति भाग्न खोजेका थिए । उनले तीनवटा छतमा हाम्फालेका थिए अनि बिजुलीको तारमा समातेर सडकमा खतरनाक तरिकाले ओर्लिएका थिए । 

आरोपित व्यक्तिको उद्देश्य स्पष्ट हुन सकेको छैन । उनमा मानसिक रोग छ कि भन्ने कुरा पनि खुलेको छैन । 

ती व्यक्तिलाई पछि हिरासतमा लिइएको खबर सीबीएसले दियो । प्रहरीले हेलिकप्टर उपयोग गरेर आरोपितलाई खोजेको बताइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्